काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-९ बालकुमारी पुलस्थित सडकमा प्रदेश नम्बर ०२ (०३ (००१० ख ५३५७ नम्बरको ट्रकले बा.८३ प ८१७८ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा स्कुटर चालक सिन्धुली तिनपाटन गाउँपालिका ४ घर भई भक्तपुर सुर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने ३५ वर्षीय रमेश कुमार पाण्डेको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै दाङ, शान्तिनगर गाउँपालिका-१ नयाँ बस्तीस्थित सडकमा खिलतपुरबाट अमुवातर्फ जाँदै गरेको रा.१ त २३१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार शान्तिनगर गाउँपालिका-२ बस्ने ५१ वर्षीय धन बहादुर भण्डारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







