काठमाडौं । बुटवल उपमहानगरपालिका-८ मिलनचोकस्थित डेल्टा एजुकेशनल मार्टको तेस्रो तलामा बिहीबार बेलुकी आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित सोही उपमहानगरपालिका-१ बस्ने दिपेश खतिवडाको डिएस ट्रेडर्समा बिहीबार राति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
काठमाडौं महानगरपालिका-२९ डिल्लीबजारस्थित गणेश पन्थीको डिएस कम्प्यूटर एण्ड इलेक्ट्रोनिक्स सप्लायर्स पसलमा विद्युत सर्ट भई गएराति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
सप्तरी, अग्निसाइर कृष्णसवरण गाउँपालिका-६ रतवाला बस्ने तारमी प्रसाद जोशीको घरमा करेन्ट सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







