काठमाडौँ । श्रमजित किशोर मावि लुखुशी ललितपुरमा मावि तृतीय श्रेणीका बिज्ञान शिक्षक राजेन्द्र राज पौडेलले खेताला शिक्षक अशोक यादबलाई राखी बर्षौ देखि अबैध तवरले तलब खादै आएको रहस्य खुलाशा भएको छ ।
सो विद्यालयका एक निवर्तमान शिक्षकले शिक्षामन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत कारवाहीको लागि पत्र पठाएको खुलासा गरेका छन । उनले मन्त्री श्रेष्ठलाई पत्रसंगै लुखुशी विद्यालयमा शिक्षक पौडेलले खेताला शिक्षक राखेको र पौडेलको विद्यालयको अध्यापन तालिकासमेत पठाएका छन ।
उनले मन्त्री श्रेष्ठलाई हुलाकमार्फत पत्र पठाएका छन् । पत्रमा किशोर मावि लुखुशी ललितपुरमा शिक्षक पौडेलले खेताला शिक्षक राखी वर्षौदेखि नियम विपरित कार्य गर्दै आएकाले उनलाई कारबाही गर्न माग गरेका छन ।
पौडेल एक विद्यालयको प्रधानाध्यापक हुँदा भ्रष्टाचारको आरोपमा कारवाही परेपछि श्रमजित किशोर मावि लुखुशी ललितपुरमा सरुवा भएका थिए । उनलाई ललितपुर उपमहानगर पालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीको संरक्षण रहेको जनाएको छ ।
खेताला शिक्षक राखेर तलव खाने शिक्षक पौडेल ललितपुर उपमहानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्री निकट पात्र हुन् । महाशाखा प्रमुख क्षेत्रीले पौडेलमार्फत नै शिक्षक सरुवा र नियुक्तिमा अनियमित तवरले रकम उठाउने गरेका छन । यस विषयमा बिगतमा शिक्षा मन्त्रालयलागायत बिभिन्न निकायमा उजुरी पर्दासमेत प्रमुख क्षेत्रीले शिक्षक पौडेललाई बचाउदै आएका छन । त्यसैले मन्त्री श्रेष्ठलाई हुलाकमार्फत पत्र पठाउनु परेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







