छुट्टाछ्ट्टै स्थानमा चार जना मृत अवस्थामा फेला

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका-६ ढुङ्गाना बेशी बस्ने ६० वर्षीय चन्द्र दनुवार सोही  ठाउँस्थित सडकमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुको  म्याग्दे गाउँपालिका-६ अकला टोल बस्ने ६१ वर्षीय तुलसी प्रसाद वाग्ले सोही ठाउँस्थित अकला मन्दिर अगाडि शनिबार मृत अवस्थामा फेला परेका छन् ।

भरतपुर महानगरपालिका-८ अशोक चोकमा सोही ठाउँ बस्ने तनहुँ भानु  नगरपालिका-१२ घर भएका ५२ वर्षीय जुद्ध बहादुर बुढा थापा शनिबार मृत अवस्थामा फेला
परेका छन् ।

दोलखाको शैलुङ गाउँपालिका-२ पाटास्थित थगाम जंगलको खोल्सामा सोही ठाउँ बस्ने ५३ वर्षीय दिल बहादुर अधिकारी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

दाङको शान्तिनगर गाउँपालिका-६ देबीपुरघाटस्थित बबई नदीमा दङ्गिशरण गाउँपालिका-३ बस्ने ५० वर्षीय बुद्धिराम चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै