काठमाडौं । रामेछाप, रामेछाप नगरपालिका-५ माझिगाउँ बस्ने ६० वर्षीय जय बहादुर माझीको सोही ठाउँस्थित दक्षिण सुनकोशी नदीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
नदी तर्ने क्रममा ट्युबबाट झरी डुबेर अशक्त भएका उनको सिन्धुलीस्थित सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचारको क्रममा मृत्यु भएको हो ।
गुल्मी, रेसुङ्गा नगरपालिका-१४ पराल्मी बस्ने ७० वर्षीय खुम बहादुर नेपालीको सोही नगरपालिका-१४ स्थित छल्दिखोला खोला तर्ने क्रममा खोलाले बगाएर शनिबार मृत्यु भएको छ।
बैतडी, पुर्चौडी नगरपालिका-१० महरागाउ बस्ने सेर सिंह महराको छोरा ५ वर्षीय मुकेश महराको घर नजिकै रहेको पानी ट्याङ्कीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो ।
नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-२ हरकपुरस्थित गण्डक नहरले बगाएर सोही गाउँपालिका-२ कुडिया बस्ने ६५ वर्षीया मगरी हरिजनको शनिबार साँझ मृत्यु भएको छ । नहरले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुडिया र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले स्थानीयको सहायोगमा उद्धार गरी सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
जाजरकोट, कुशे गाउँपालिका-१ तारेचौरस्थित चैयाँ खोलामा आएको बाढीले बगाउँदा सोही गाउँपालिका-९ पैकँ बस्ने ३८ वर्षीय ईन्द्र बहादुर रोकायाको शनिबार बेलुकी मृत्यु भएको छ ।
खोलामा माछा मार्ने क्रममा वर्षाको कारण माथिबाट अचानक बाढी आई बगाई उनको मृत्यु भएको र अन्य ६ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अर्छानेबाट खटिएको प्रहरीले उद्दार गरी ६ जना मध्ये ३ जना घाइतेहरूलाई स्थानीय मध्यपहाडी पोलिक्लिनिक र अन्य ३ जनालाई थप उपचारको लागि नेपालञ्ज पठाइएको छ ।
धनुषा, नगराईन नगरपालिका-७ विर्तास्थित ठाडी पोखरीमा डुबेर सोही ठाउँ बस्ने ५५ वर्षीय राम उदित मण्डलको आइतबार बिहान मृत्यु भएको छ ।
डोल्पा, फोक्सुण्डो गाउँपालिका-८ स्थित साईजल खोलाले बगाएर काईके गाउँपालिका-५ बैजिवाडा बस्ने राई बिष्टको छोरी १२ वर्षीया रोबिना बिष्ट र सुर्य बुढाको छोरी १० वर्षीया सोनी बुढाको शनिबार मृत्यु भएको छ ।
उक्त खोलामा नुहाउने क्रममा बगाई बेपत्ता भएका उनीहरूको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







