काठमाडौं । एसईई परीक्षाको नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमले विभिन्न सेवाहरु प्रयोगमा ल्याएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०८० सालको एसईई परीक्षाको नतिजा आईभीआर(IVR) एसएमएस ( SMS) तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।
नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशन अनुसार एसईई परीक्षाको नतिजा थाहा पाउन सकिनेछ ।
त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर टाइप गरी ( SEE <space> <symbol number > ) १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश ( SMS) पठाउन सकिनेछ।
यसका साथै मार्कसिट सहितको नतिजा प्राप्त गर्नका लागि नेपाल टेलिकमको वेबसाइट
https://see.ntc.net.np मार्फत आफ्नो सिम्बल नम्बर र जन्ममिति ईन्ट्री गरी मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ ।
नतिजा प्रकाशित भएको केही समय पश्चात यो सुविधा उपयोग गर्न सकिनेछ । यसबाट सम्पूर्ण विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







