काठमाडौं । अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीहरुले तिर्नु पर्ने भिसा शुल्कमा अत्याधिक बृद्धि गरेको छ ।
जुलाई १ बाटै कार्यान्वयनमा आएको भिसा शुल्क अनुसार अब विदेशी विद्यार्थीले १६०० डलर झण्डै १ लाख ४३ हजार रुपैयाँ तिर्नु पर्ने छ । यसअघि ७१० अष्ट्रेलियन डलर ९६३ हजार ३२४० रुपैयाँ रहेको थियो ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजको सरकारले हालै विदेशी विद्यार्थीको संख्यामा कीर्तिमानी वृद्धि भएपछि यो कदम चालेका हुन् । अब यसको असर नेपाली विद्यार्थीमा पनि पर्ने छ ।
गत वर्ष नेपालबाट १ लाख बढी विद्यार्थीहरुले गत वर्ष नो अब्जेक्सन लेटर लिएकोमा ५० प्रतिशत बढी अष्ट्रेलिया पुगेका छन् । यो संख्या यसबर्ष पनि थप बढ्ने भएकाले करोडौं रकम नेपाली विद्यार्थीले अष्ट्रेलिया अध्ययनमा जानका लागि भिसा प्राप्त गर्नका लागि खर्च गर्ने छन् । उक्त रकम भिसा प्राप्त नभएमा फिर्ता पनि हुने छैन ।
नयाँ प्रणालीपछि अस्ट्रेलियामा विद्यार्थी भिसा लिन अमेरिका र क्यानडाभन्दा महँगो भएको छ । हाल शुल्क अमेरिकामा १८५ डलर र क्यानडामा १५० क्यानेडियन डलर छ । अष्ट्रेलियाका शीर्ष अनुसन्धान विश्वविद्यालयहरू (द युनिभर्सिटी अफ सिड्नी र द युनिभर्सिटी अफ मेलबर्न लगायत) को प्रतिनिधित्व गर्ने समूह अफ एटले यसमा निराशा ब्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता



ट्रेन्डिङ
खबरमुकाम







