वसन्तप्रताप सिंह
बुढीनन्दा नगरपालिका र बाजुराको पर्यटन प्रवर्द्धनका लागि सक्रिय युवाहरूको समूह 'वाइल्ड बाजुराले नि:शुल्क यात्राको व्यवस्थापन गर्न लागेको नगरपालिकाले जनाएको छ । हरेक वर्ष श्रावण शुक्ल दशमीका दिनबाट सुरु हुने बुढीनन्दा तिर्थ यात्रा जनै पुर्णिमाको दिन समापन हुन्छ । यो बेला खाली खुट्टा हिँडेर समुन्द्र सतहदेखि १५ हजार फिटको उचाइमा रहेको बुढीनन्दाको दर्शन गर्दा इच्छा गरिएको वर प्राप्त हुने जनविश्वासका कारण ठूलो संख्यामा तिर्थयात्रीहरू यहाँ आउने गर्छन् ।

यो वर्ष साउन ३१ गतेदेखि बुढीनन्दाको सिमकुरुबाट सुरु हुने उक्त धार्मिक यात्रा छाप्रे पाटन, लौडी विनायक, बरमाग्ने, चडिदह, धौलीपाटन, धौली भँडार, बुढीनन्दा हुँदै भदौ ५ गते लादेमा पुगेर समापन हुनेछ । यात्रा अवधिभरि यात्रीलाई दुई छाक भोजन र रात्रीबासको लागि टेन्टको व्यवस्था गरिने वाइल्ड बाजुराका सञ्चालक मनोज रेग्मीले बताए ।

बुढीनन्दा यात्राका दौरान आफूले बोकेको खानेकुरा अन्य यात्रीलाई पनि बाँडेर खाने चलन रहेको छ । पुरानो चलनलाई जोगाउन र तिर्थयात्रीको यात्रा सहज होस् भन्नका लागि यो वर्षदेखि खाना र बास निशुल्क गर्न लागेका हौं, रेग्मीले भने, यसको लागि बुढीनन्दा नगरपालिकाले आर्थिक सहयोग गर्ने र वाइल्ड बाजुराले यात्राको व्यवस्थापन गर्ने सहमति भएको छ' उनले बुढीनन्दा आसपास रहेका दर्शनीय स्थलहरू धौली पाटन, महारुद्र ताल, कैलाश ताल र खेतीबेतीलगायतका ठाउँ घुम्न चाहानेहरूका लागि पथप्रर्दशक पनि निशुल्क उपलब्ध गराइने बताए ।
ठूल्ठूला पाटन र करिब एक दर्जन संख्यामा रहेका ताल यहाँको मुख्य पर्यटकीय गन्तव्यमध्ये पर्छन् । यहाँबाट मुगु, हुम्ला, कालिकोट लगायतका सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाको दृष्य देखिन्छ भने बझाङमा रहेको साइपाल र जेठीबहुरानी लगायत हिमालको दृष्यावलोकन पनि गर्न सकिन्छ । बर्खाका चार महिना बुढीनन्दा क्षेत्र आसपास स्थानीयहरूले भेडाच्याङग्रा, भैंसी र घोडा चराउने खर्क बनाउने गरेका छन् । अरू समय यो क्षेत्र प्रायस् हिउँले ढाकिएको हुन्छ । अनेक जडिबुटी पाइने यस क्षेत्रका पाटनहरू विभिन्न खालका भुँइफुलले ढकमक्क ढाकिएका हुन्छन् । बाजुराको सदरमुकाम मार्तडीबाट कालाजाग्रा पाण्डुसैन हुँदै बुढीनन्दा पुग्न सकिन्छ । नेपालगञ्जबाट कोल्टीसम्म हवाई सुविधा भएकाले सोझै कोल्टी गएर बुढीनन्दा जाँदा यात्रा अवधी छोट्याउन सकिन्छ ।

पर्वतीय पदयात्राका लागि अत्यन्तै आर्कषक गन्तव्य हुनसक्ने सम्भावना भए पनि प्रचार-प्रसार हुन नसकेको भन्दै बुढीनन्दा नगरपालिकाले यस क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न प्रयास गरिरहेको बताएको छ । गत वर्ष यही मेलाको अवसर पारेर नगरपालिकाले बुढीनन्दामै कार्यपालिकाको बैठक समेत राखेको थियो । ‘यो वर्ष पनि हामीले यात्राको सम्पूर्ण तयारी गरिसकेका छौँ,' नगरपालिकाका प्रमुख जनक बोहराले भने, ‘नि:शुल्क खाना, बासको व्यवस्था गर्दा यात्रामा धेरै मान्छेहरू आउने र यो क्षेत्रको प्रचार-प्रसार हुने आशा गरेका छौँ ।' उनले यात्राका दौरान आवश्यक पर्ने स्वास्थ्य उपचार, उपचार टोली, स्वयंसेवक र अन्य तयारी नगरपालिकाले गरिरहेको बताए । स्रोतः कान्तिपुर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






