तेह्रथुम । च्याब्रुङ नाच लिम्बू समुदायको प्रचलित नृत्य हो । जातिको चिनारीका रूपमा रहेको सांस्कृतिक बाजा च्याब्रुङ विवाह, पर्व, उत्सव, घरपैँचो जस्ता शुभकार्यमा बजाएर नाचिन्छ ।
मादल जस्तै ठुलो काठको ढुङ्ग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने च्याब्रुङ बाजामा खरीको प्रयोग गरिँदैन । च्याब्रुङ नाचमा वृत्ताकार शैली, घेराबन्दी भएर मुन्धुम गाउँदै नाचिन्छ । तथापि च्याब्रुङ नाचको टोली खोज्न टाढा टाढासम्म पुग्नु पर्छ । चैनपुर नगरपालिका सङ्खुवासभाका मानध्वज लिम्बूले जानकारी दिएका छन , “पहिल्लो पिँढीले यो सिप नसिकेका कारणले लोप हुने अवस्थामा पुगेको छ ।”
च्याब्रुङ नाचको आधारभूत ताल कसरक्पा हो । यो कहिले गोलो घेरामा, कहिले अर्धगोलाकार त कहिले सरल रेखामा नाचिन्छ । यसमा सबैले एउटै तालमा खुट्टा अघिपछि सारिन्छ, हातले गर्ने अभिनय पनि रोचक हुन्छ ।
आठराई त्रिवेणी गाउँपालिका–४, ताप्लेजुङका अमृता साँवाका अनुसार च्याब्रुङ नाच्ने र मुन्धुम गाउने अग्रज निष्व्रिmय भएका छन् । कतिपय ठाउँमा संस्कृति जोगाउन युवा सक्रिय भएका छन् । उनले भने , “हामीले क्लब नै गठन गरेर च्याब्रुङ नाच्न सिकिरहेका छौँ ।”
च्याब्रुङ नृत्यमा कुखुराको भाले, परेवा, मयूर, ढुकुर, कोइली, भँगेरा, सर्प, पुतली, दुम्सी, मृग, बाँदर जस्ता जीवजन्तुको हाउभाउको अनुकरण गरिन्छ । यसमा गाइने मुन्धुममा जीवन र जगतको वर्णन हुन्छ । च्याब्रुङ र मुन्धुमको संरक्षणका लागि कतिपय स्थानीय तहले आगामी बजेटमा रकम विनियोजन तयारी गरिरहेको पाइन्छ । लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङका अनुसार च्याब्रुङ संरक्षणका लागि पालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको र बजेटसमेत विनियोजन गरिएको छ ।
लिम्बू समुदायको धर्मग्रन्थ मुन्धुम अनुसार सृष्टिको उत्पत्तिदेखि मानव सभ्यताको विकास क्रमसँगै पुर्खा सोदुङगेन लेप्मुहाङको पालादेखि च्याब्रुङ बजाउन सुरु भएको बताइन्छ । यो बाजा बजाउँदा दाहिनेपट्टिबाट ‘च्याङ’ र देब्रेपट्टि ‘ब्रुङ’ को (ध्वनि) निस्कने हुँदा यो बाजालाई च्याब्रुङ भनिएको जानकारकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






