बाबुराम कार्की
वराहक्षेत्र - धार्मिक, पौराणिक एवम ऐतिहासिक धरोहरका रूपमा रहेको सुनसरीको रामधुनी मन्दिरमा १०८ धारा बनाइने भएको छ । रामधुनी मन्दिर व्यवस्थापन समितिको अगुवाइमा भएको सरोकारवालाको भेलाले मन्दिर परिसर क्षेत्रमा धारा बनाउने निर्णय गरेको हो । रामधुनी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्की ऐतिहासिक धरोहरका रूपमा रहेको मन्दिरमा गुरुकुल सञ्चालन गर्ने निर्णयसमेत गरिएको जानकारी दिएका छन । उनले भनेका छन “मन्दिर परिसरमा गुरुकुल सञ्चालन गरी आध्यात्मिक गतिविधि बढाउने योजना पनि छ । भेलाले यस वर्षदेखि कृष्ण जन्माष्टमीका अवसरमा राधाकृष्ण रथ यात्रा निकालिने पनि निर्णय गरिएको छ ।”
अध्यक्ष कार्कीले सबैसँगको छलफल र सरसल्लाहबाट मन्दिर परिसरमा सन्ध्याकालीन आरती गर्ने निर्णय पनि गरिएको छ । पौराणिक कथन अनुसार त्रेता युगमा श्री रामचन्द्र वनवासको क्रममा यस तपोवनको पुण्य स्थलमा धुनी लगाएर एक रात बास बसेको र आफ्ना पाउका एक जोर खराउ बास बसेकै ठाउँमा छाडी गएको भन्ने भनाइ छ ।
रामको चरण परेको भूमि र उनले बालेको धुनी हेर्न दैनिक देश तथा विदेशबाट श्रद्धालु दर्शन गर्न आउने गरेका छन् । सरोकारवालाको चासो पुग्दा ओझेलमा परेको मन्दिरको मुहार फेरिने क्रम बढ्दै गएपछि मन्दिरमा धार्मिक पर्यटकको आकर्षण बढदै गएको हो ।
सुनसरीको वराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिङ्गा गाउँपालिकाको सीमामा पर्ने रामधुनी नगरपालिका–४, जङ्गलको बिचमा मन्दिर रहेको छ । मन्दिरको विकासका लागि सङ्घीय सरकार र स्थानीय सरकारले बजेट उपलब्ध गराउँदा मन्दिर क्षेत्रको विकासमा सहयोग पुगेको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष रामप्रकाश कोइरालाले बताउछन । परिसरमा अष्टचिरञ्जीवीको मन्दिर, श्रीयन्त्रको मन्दिर, मन्दिर क्षेत्रमा श्री चन्द्र बाबा वनखण्डी र प्रितम दासकोे मन्दिर निर्माण भएको छ । यहाँ राम दरबारसमेत निर्माण भइरहेको छ । यहाँ रामनवमी, विवाह पञ्चमी, ऋषी पञ्चमी, शिवरात्री, तिज आदि पर्वमा स्वदेश एवम विदेशबाट समेत श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
स्रोत: गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





