काठमाडौँ । पर्यटन याम सुरु भएसंगै अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। अहिले दशैँतिहार बिदा मनाउन निस्कने पर्यटकको प्रमुख रोजाई यहि अन्नपूर्ण क्षेत्र परेको छ । दसैँको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए। यसका साथै भारतिय, चाईनिज, ताईवानी पर्यटकहरुको संख्यापनि गतबर्षको भन्दा अहिले बढेको उनले बताए ।
अन्नपूर्ण–३ नारच्याङको हुमखोलाबाट मौरिस हर्जोग पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ । खोलाका किनारै किनार निर्माण गरिएको पदमार्गमा प्राकृतिक सुन्दरता, हिमनदी र शरनाको मरोरम दृश्यावलोकन गर्न सकिन्छ । नारोच्याङ गाउँबाट करिब दुई दिनको पैदल यात्रामा पुग्न सकिने भएकाले बिदा मनाउन आफुहरु अन्नपूर्ण प्रथम आधार शिविर पुगेको आन्तरिक पर्यटक सोम तामाङ बताउँछन् ।
कोरोना पछिका केही वर्षहरु आधार क्षेत्र सुनसान थियो । अहिले अवस्था सामान्य भएपछि र यहाँका पदमार्गका लागि विभिन्न पर्यटकीय पूर्वाधार निर्माण, आधार शिविर तथा पदमार्गमा रहेको ताल, गुफा, झरनासहितका सुन्दर दृश्यका कारण अहिले चहलपहल बढेको हो ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पैदल यात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफुते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







