नागेन्द्रकुमार कर्ण
तिहारको समापनसँगै मिथिलाञ्चल क्षेत्रमा छठ गति गुन्जिन सुरु भएको छ । ‘दसैँको सोह्रौँ सुकराती, सुकराती छब्बे छैठ’ अर्थात् विजयादशमीको सोह्रौँ दिनमा पर्ने तिहार पर्छ भने तिहारको छैटौँ दिनदेखि छठ पर्व सुरु हुन्छ ।
अस्ताउँदो सूर्यलाई छठी मईया र उदाउँदो सूर्यलाई दिनकर भनी यो पर्वमा पूजा गर्ने गरिन्छ । शरद ऋतुको जाडो र गर्मीको मिश्रित समयमा कात्तिक शुक्ल षष्ठीको बेलुका अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिई यो पर्व मनाइने गरिन्छ । अहिले छठका गीतहरु मिथिलाञ्चल क्षेत्रमा गुन्जिन सुरु भइसकेको छ ।
मुख्यतया चार दिन मनाइने यो पर्व आज मङ्गलबारदेखि विधिवत रुपमा सुरु भइसकेको छ । चतुर्थीका दिन मङ्गलबार बिहान ब्रतालुहरुले स्नान गरी एक छाक खाएर बसेका छन् । यसलाई ‘नहाय खाय’ भनिन्छ ।
छठ व्रत विधिको दोस्रो अर्थात् कात्तिक शुल्क पञ्चमीका दिन बुधबार सखर हालेर बनाएको खीर (खरना) षष्ठी मतालाई चढाई व्रतालुले प्रसाद स्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यसलाई खरना गर्ने भनिन्छ ।
यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुका अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ ।
यस वर्ष कात्तिक २२ गते बिहीबार छठको मुख्य दिन हो । यस दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।
पर्वको मुख्य दिन भनिने यसलाई मैथिलीमा सँझिया ९साँझको अर्घ्य० भनेर भनिन्छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन गरिन्छ ।
यस वर्ष कात्तिक २३ गते शुक्रबार कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।
अहिले नदी, पोखरीमा घाटहरु सजाउने काम भइरहेको छ । ‘हम हूँ अरगिया देबई, हे छठी मईया, हम ना जाईब दूसर घाट ।’ (म अरु घाटमा होइन आफ्नै घाटबाट अर्घ्य दिन्छु) लगायतका गीतहरु अहिले घाट र बजारमा गुञ्जिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





