काठमाडौँ । झण्डै एक दशकपछि कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले महजोडीले देशव्यापी ‘महजात्रा’ आयोजना गरेका छन् । कात्तिक २९ गतेदेखि प्रज्ञा भावनामा आयोजना भएको महाजात्रा मिरा फाउण्डेशन र मानव सेवा आश्रमको सहयोगार्थ महजात्रा प्रहसन मार्फत महजोडीले आफ्नो प्रत्यक्ष प्रस्तुति दिई रहेका छन् । आज ४ गतेको कार्यक्रम भने मानवसेवा आश्रमको सहयोगार्थ राहेको छ ।
मानवसेवा आश्रमले सडकपेटीका सहाराविहीनहरूको जीवनमा उज्यालो छर्दै, सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, संरक्षण र पुनर्स्थापनाका लागि विगत २०६९ सालदेखि निरन्तर रूपमा उल्लेखनीय योगदान पु(याउँदै आएको छ । आश्रमको उद्देश्य नेपाललाई २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र बनाउने रहेको छ ।
यस लक्ष्यलाई पूरा गर्न आश्रमले ‘सबैका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षा’ को नारासहित आफ्नो क्रियाकलाप अघि बढाइरहेको छ । यसै क्रममा चौथो ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ सम्पन्न भएको छ, जसले नेपालभरका सहयोगापेक्षी मानवहरूको उद्धारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
यिनै परोपकारी संस्थाको सहयोगका लागि सहयोगार्थ महाजात्रा कार्यक्रम आयोजना गरिएको हो ।
प्रहसनको प्रमुख विशेषता हास्य–व्यङ्ग्यको माध्यमबाट समाजमा विद्यमान समसामयिक समस्या र विविध मुद्दालाई उजागर गर्नु रहेको छ । नेपाली समाजका परम्परा, राजनीतिक, सामाजिक संरचना र सांस्कृतिक कुरीतिलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्ने प्रहसन मह जोडीको विशिष्ट र मौलिक शैलीमा हुने हास्य कलाकार किरण केसीले बताए ।
दर्शकलाई हसाउँदै समाजप्रति सोच्न बाध्य पार्ने उद्देश्य लिएको महजात्रा दमक, विर्तामोड, इटहरी, धरान, विराटनगर, हेटौंडा, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगढी, पोखरा गायत पूर्वदेखि पश्चिम नेपालका विभिन्न सहरमा आयोजना गरिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






