कर्ममा विश्वास गर्ने मानिहरु मेहनत गर्छन, अनि मेहनत गर्ने मानिसहरु कहिल्यै पछि पर्दैनन् । जबसम्म मन थाक्दैन तबसम्म यात्रा जारी रहन्छ अनि जारी रहेको यात्राले गन्तव्य भेटाउँछ अर्था सफलता प्राप्त हुन्छ । यस्तै सफलताको मार्गमा अघि बढेको नाम हो अमृत परियार अर्थात सामाजिक सञ्जालमा भेटिने Py Amrit । उनी स्थापित रोस्टर र कन्टेन क्रियटर हुन् । हाँस्य विधालाई आधार बनाएर अघि बढेको उनको जीवनले तितामिठा सबै अनुभवहरु बटुलेको छ ।
विश्व चर्चित हाँस्य अभिनेता चाली चाप्लिनले भनेका थिए–‘मेरो पीडा कसैको हाँसोको कारण बन्न सक्छ, तर मेरो हाँसो कसैको पीडाको कारण बन्नु हुँदैन ।’ अमृतले निर्माण गरेका भिडियो सामाग्रीहरुले यो आदर्श बोकेको भेटिन्छ । उनले गर्ने विषयवस्तुको छनोट, त्यसको अध्ययन, निकाल्ने निश्कर्ष र रोस्ट गरेर समाजलाई सन्देश प्रवाह गर्ने शैलीले लाखौं दर्शकको मन जितेको छ ।
अमृतको जन्म नवलपरासीको कावासोतीमा भएको हो । आफ्ना बुवाले मानिसहरुसँग बोल्दा ठट्यौली शब्दहरुको प्रयोग गर्ने गरेको सम्झना आज पनि उनको मानसपटलमा ताजै छ । बालक कालमा खासै विद्यालय जान मन लाग्दैन थियो अमृतलाई । खबरमुकाम डटकमसँग खुलेर बोलेका अमृतका अनुसार उनलाई आमाको पछिपछि हिड्न मन लाग्थ्यो । उनको विद्यालय जान मन नपराउने बानीले परिवारलाई चिन्तित बनाएउको थियो । गाउँका अरु मानिसहरुसँग ठट्टा गरेर बोल्ने उनका बुवा अमृतसँग भने कठोर बने । विद्यालय जान नमानेपछि बुवाले एकदि उनलाई बोरामा हालेर पानीमा चोपलेर सजाय दिए । त्यपछिबाट भने अमृत लगातार विद्यालय जान थाले । अचम्मको कुरा त के भने विद्यालय जान नमान्ने अमृत पढाइमा भने अब्बल थिए । उनका बुवा आमाको इच्छा छोराले जागिर खाओस् भन्ने थियो । भारतीय सेनामा भर्ती हुन दुई पटकसम्म प्रयास पनि गरे तर नाम निस्किएन ।
२०७३ सालतिर उनले केही साथीहरुसँग मिलेर हाँस्य विधाका भिडियोहरु बनाए तर त्यसमा त्यति सफल हुन सकेनन् । २०७६ सालको अन्त्यमा विश्वमै कोरोना संक्रमण फैलियो । त्यतिबेला हरेक दिन सामाजिक सञ्जाल हेर्दा उनले सोचे हरेक मान्छे यतिबेला एक्लै छन् । हुन न पनि त्यतिबेला सबैतिर सुनसान थियो । मानिसहरुको एकले अर्कामा आवागमन निषेध थियो । त्यही बेलामा अमृतले फरक शैली अपनाएर ‘क्राइम प्याट्रोल’ नामक रोस्ट भिडियो बनाउन थाले । रोस्ट त अरुले पनि गरेकै छन्, फरक कसरी दिने भनेर उनी विषय वस्तुमा गहिरो अध्ययन गर्ने गर्थे । कवितात्मक शैलीमा लयवद्ध शब्द संयोजनका साथ गरिने उनको प्रस्तुति अत्याधिक रुचाइयो । उनले Py Amrit नामबाट स्थापना गरेका युट्युव, फेसबुक पेज र टिकटकमा दर्शकहरु बढ्दै गए । उज्यालो मुस्कानका साथ निर्भीक व्यङ्ग्य गर्ने उनको शैलीका प्रशंसकहरुको हौसलाले उनी थप उत्साहित हुँदै गए । दुखको समयमा अरुलाई मुस्कान दिन सक्नुलाई उनले पुन्यको काम ठाने । सामाजमा हुने विकृतिजन्य कृयाकलापमा प्रहार गर्न माहिर उनले लकडाउनको समयमा प्रहरीलाई नै छलेर बाहिर निस्किएर भिडियोहरु बनाएका थिए । रोस्ट गरिएका विषय र पात्रहरुका चुनौतीहरुको सामना गर्दै निरन्तर मेनत गर्दै जाँदा भाइरल बन्न पुगे । उनले बनाउने भिडियो सामाग्री पर्खिने दर्शकहरु नगन्य मात्रामा बढे । कतिले त उनलाई अर्को भाग कहिले आउँछ भने सोधेर हैरान पार्ने गर्थे । हुन त नेपाली गीत–संगीत क्षेत्रमा लागौं कि भन्ने चाहना पनि उनले पालेका थिए तर रोस्टर बनेपछि जीवनको लय नै बदलियो अमृतको ।
नेपाली सामाजिक सञ्जालमा रोस्टलाई अरुलाई होच्याउने वा गाली गर्ने माध्यामका रुपमा अथ्र्याइएकोमा उनलाई दुख लाग्छ । यो केवल सस्तो मनोरञ्जनका लागि नभइ समाज बदल्ने माध्यम भएको र यसको पनि सीमा र दायरा हुने उनको भनाइ छ । उनले नेपालका राजनीतिज्ञदेखि कलाकारसम्मलाई रोस्ट गरेका छन् । राजनीतिको फोहोरो खेलदेखि कलाका नाममा भएका विकृतिहरुको खरो भण्डाफोर गरेका छन् । जसले गर्दा मानिसहरुले मनोरञ्जनको माध्यमबाटै सामाजिक सचेतनाको खुराक पाएका छन् अनि समाजको आवश्यकता भन्दा बढी मनमौजी गर्नेहरु उनको रोस्टिङ खबरदारीबाट सचेत पनि भएका छन् । सामाजिक सञ्जाललाई उनी मानिसको विचार बदल्ने शक्ति मान्छन् । समाज बदल्नेमा कन्टेन क्रियटरको ठूलो हात हुने उनको भनाइ छ । कन्टेनका दर्शक र प्रशंसकहरु क्रियटरको कुरामा बढी विश्वास गर्ने हुँदा प्रशंसकहरुको भरोषा नतोड्न क्रियटर सचेत हुने पर्नेमा उनको जोड रहेको छ । कन्टेन बनाउने नाममा भ्रामक कुरालाई क्रियटर पन्छाउनु पर्ने उनको तर्क छ ।
पहिलेको रफ्तारमा भिडियोहरु बनाउन नपाएकोमा उनी दुखी छन् तर पछुतो मान्दैनन् । किन त भनेर सोधिएको प्रश्नमा उनी भन्छन्–‘मेरा दर्शक र प्रशंसकहरुले एकदम छिटो छिटो भिडियो हेर्न पाइयोस् भनेर माग गर्नुहुन्छ ? अर्को भिडियो कहिले आउँछ भनेर सोध्नु हुन्छ । त्यो माग पुरा गर्न नसकेकोमा दुख लाग्छ तर म मेरा दर्शकलाई नै खुसी बनाउने गरी नयाँ विषयको अध्ययन गरिरहेको छु । स्तरीय विषय सहित दर्शक माझमा जाने तयारीमा छु । त्यसले गर्दा मलाई पछुतो चाहीँ छैन । किन भने मेरा दर्शकहरुले हेरिरहेको शैलीलाई पनि बदल्ने सोचाईमा तयारी गरिरहेको छु ।’
उनी सामाजिक सञ्जाललाई निरन्तरता दिन दृढ छन् तर यतिमै सिमित हुने चाहना छैन । अबको उनको तयारी राम्रो नेपाली सिनेमा निर्माणको लागि पनि छ । सिनेमामा हात हाले पनि फरक शैली अपनाएरै आउने तयारीमा उनी रहेका छन् । आफूले सोचे अनुसार नेपाली चलचित्र निर्माण गर्न सके नेपाली सिनेमा उद्योगमा क्रान्ति आउने आत्मविश्स्वासका साथ उनले तयारी गरिरहेका छन् । सिनेमा क्षेत्रमा केही फरक धारका चलचित्र बन्ने र केही समय त्यस चर्चा भएर सेलाउने अनि फेरी सिने क्षेत्र पुरानै अवस्था फर्किने गरेको देख्दा दुख लाग्ने गरेको उनले बताए । सबैले बनाएका सिनेमाले सफलता पाउने शुत्रको खोजीमा आफू लागि परिरहेको उनले सुनाए । ‘यस्तो सिनेमाको निर्माण गर्न मन छ, जसले व्यवसाय त गर्छ नै । त्यसको साथसाथै नेपाली सिनेमा उद्योगलाई नै विश्वस्तरीय बजारमा लग्न सकियोस्’–उनले भने ।
हुन त एउटा फरक शैलीको रियालिटी शोको तयारी पनि उनले गरेका छन् । अलि अगाडि नै तयारी गरिएको भए पनि लगानी अभावको कारणले रोकिएको बताए । आफूले गहिरो अध्ययन र अनुसन्धान गरेर तयारी गरेकोले उक्त शो चल्ने विश्वास आफूसँग भएको उनले बताए । उक्त शोलाई पनि अगाडि बढाउने तयारीमा उनी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
- कांग्रेस फुट्ने पक्का, देउवा पक्षले बनायो राष्ट्रिय भेला आयोजक समिति
- जनकपुरधाममा सद्भाव र्याली, ‘हामी सबै एक हौँ’ भन्दै नाराबाजी
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल

ट्रेन्डिङ
खबरमुकाम







