काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (टियु)को उपकुलपति (भिसी)मा प्रा.डा. नन्दबहादुर सिंहलाई नियुक्त गर्ने तयारी गरेको छ । टियुकै प्राध्यापक रहेका सिंहलाई भिसी बनाउन लागिएको जानकारी प्राप्त भएको हो ।
२०७६ को फागुन १८ मा मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति बनेका सिंहले आफूलाई अब्बल सावित गरेर कार्यकाल सफल बनाएका थिए । जिम्मेवारीलाई कुसलताका साथ निर्वाह गर्ने सिंहलाई २०८० को फागुनमा कलेज रिडर्सले वर्षको उत्कृष्ट उपकुलपतिको अवार्डबाट सम्मानित गरेको थियो भने शिक्षालय राष्ट्रिय मासिकले सोही वर्षको चैत ६ गते नेशनल एजुकेसन अवार्डबाट सम्मानित गरेको थियो ।
आफ्नो कार्यकालको अवधिमा सिंहलाई कैयौं राजनीतिक दबाबहरु आइ परे पनि उनले नीति विपरीतका कुनै पनि काम नगर्ने भनेर अडान लिएका थिए । कार्यकाल सुरु हुनासाथ विश्व महामारीको रुपमा फैलिएको कोरोनाको सकसकाबीच पनि उनले आफ्नो जिम्मेवारीलाई कुसलतापूर्वक निभाएका थिए । महामारीको निरन्तरताकाबीच उपकुलपति सिंहको कार्यकालमा शैक्षिक क्यालेण्डर नै बनाएर त्यसलाई नमुना क्यालेण्डरको रुपमा सफल कार्यान्वयन गरेका थिए । सिंहको कार्यकालमा ४० वटा कार्यविधिहरु कार्यकारी परिषद्ले स्वीकृत गरेको थियो ।
उनको नियुक्तिका बखत ७ हजार ८०० को संख्यामा विद्यार्थी रहेकोमा २०८० सम्म पुग्दा १२ हजार ६८४ जना विद्यार्थी भर्ना भएका थिए । विश्वविद्यालयको आर्थिक वृद्धि, भौतिक पूर्वाधार निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुको सहकार्य विस्तार, पाठ्यक्रमको पुनर्संरचना, डिजिटलाइजेसनको सुरुवात लगायत उनको कार्यकालमा थुप्रै कामहरु भएका थिए । ४० करोड ५९ रहेको बेरुजुलाई ५ करोडमा झारेका थिए भने १३ करोड घाटालाई पनि घटाएका थिए । जसले गर्दा उनको सफल कामको स्वामित्व लिनका लागि राजनीतिक दलहरुको होडबाजी चलेको थियो तर उनले राजनीतिक दलको सौदाबाजीमा नलागि आफ्नो कार्यकाल पुरा गरेका थिए ।
कर्णालीको रोग, भोक र गरिबीसँग लड्ने व्यक्तिको रुपमा आफ्नो पहिचान बनाएका सिंहले विश्वविद्यालय राजनीतिमुक्त हुनु पर्नेमा जोड दिएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाटै एमएससीमा स्वर्ण पदक विजेता रहेका उनी संसारकै उत्कृष्ट मध्येमा पर्ने जापानको युनिभर्सिटी अफ टोक्योबाट पिचडी हुन् । त्रिभुवन विश्वविद्यालयकै प्रांगणमा बसेर त्यहाँ अध्ययनरत विद्यार्थी, तिनका अभिभावक, स्थानीयहरु, प्राध्यापक र कर्मचारीहरु सबैसँग सहकार्य गरेको अनुभव भएका सिंहलाई त्यहाँको नेतृत्व लिन सक्ने व्यक्तित्वको रुपमा चर्चा गर्ने गरिएको थियो ।
उच्च प्राज्ञिक र प्रशासनिक क्षमता भएका उनले पद बहाल गरेपछि विश्वविद्यालयको सल्यक्रियाबाट कार्य सुरु गर्ने प्रतिक्रिया दिएका छन् । खबर मुकाम डटकमसँगको कुराकानीमा सिंहले शिक्षा क्षेत्रका सुधारका लागि पनि विश्वविद्यालयबाट सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिवद्धता जनाए ।
कर्मचारी सेवा आयोगमा विश्वविद्यालयभन्दा बाहिरको व्यक्तिलाई नियुक्ति दिएको कारण सर्वत्र विरोध भइरहेको पृष्ठभूमिमा त्यहाँकै प्राध्यापक रहेका सिंहको उपकुलपतिमा हुन लागेको नियुक्तिलाई चुनौतीका रुपमा पनि चर्चा गरिएको छ । सिंहले भने यो नियुक्तिलाई अवसरको रुपमा सदुपयोग गर्ने बताएका छन् ।
सिंहसँगै सिफारिस भएका अर्का प्रतिस्पर्धी भोला थापा शिक्षामन्त्री सस्मित पोखरेलकी दिदीका आफ्नै ससुरा भएको कारण विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र साहले अस्वीकार गरेको बुझिएको छ । थापा यसअघिका जिम्मेवारीहरुको कार्य सम्पादनमा कमजोर रहेको र विश्वविद्यालयभन्दा बाहिरको व्यक्ति भएका कारण पनि उनको सम्भावना नरहेको जानकारहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपालमै अन्तर्राष्ट्रिय स्तरको ‘पर्मानेन्ट मेकअप एकेडेमी’ स्थापना गर्ने रोजी श्रेष्ठको लक्ष्य
- राप्रपा प्रदेश संसदीय दलका नेता थापाको पद गयो, पार्टी सदस्यता पनि निलम्बन
- टप दरबार रोधीमा शुक्रबारदेखि आइतबारसम्म ‘लोकदोहोरी मेला’ लाग्ने
- मुक्तिनाथ विकास बैंकद्वारा चाडपर्वको अवसरमा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक
- एनएमबि बैंकमा अनलाइनबाटै कर्जा आवेदन दिन र स्थिति हेर्न सकिने
- नामी भिगो ई२ रु. ३५.९९ लाखमा सार्वजनिक: सर्वाधिक स्पेस, सर्वाधिक फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल एसयूभी
- गरिमा विकास बैंकको केन्द्रीय कार्यालय नवनिर्मित भवनमा स्थानान्तरण
- प्रधानमन्त्री शाहको निर्देशन, सरकारी निकायमा स्वदेशी उत्पादन प्रयोग गर्नु



ट्रेन्डिङ
खबरमुकाम






