काठमाडाैँ । पश्चिम नेपालका दुई प्रमुख निकुञ्जहरु बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको अनुगमन कार्य सुरु गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले बाँके र बर्दियाका दुवै राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिङ, चिन्ह पहिचान र डिएनए परीक्षण प्रविधिको प्रयोगमार्फत अनुगमन सुरु गरिएको बताए। उनले यो अनुगमन कार्यले दुबै निकुञ्जमा रहेका बाघको संख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुने जनाउँदै त्यसबाट आगामी कार्ययोजना बनाउन सहज हुने बताए ।
यस प्रविधिको प्रयोगले बाघ र बाघको आहारा प्रजातिको संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको प्रष्ट पार्दै सूचना अधिकारी पंगेनीले बाँके र बर्दियामा शुरु गरिएको यो अनुगमनले बाघ संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने बताए। उनका अनुसार बाँके राष्ट्रिय निकुञ्जलाई चार ब्लकमा विभाजन गरी दुई किलोमिटर क्षेत्रफलको एउटा ग्रिड बनाएर स्वचालित क्यामेरा राखिएको छ । क्यामेराको सहयोगले बाघ र आहारा प्रजातिको गतिविधि र दिशा सम्बन्धी तथ्याङ्क सङ्कलन गरिने छ ।
यस कार्यमा निकुञ्जका प्राविधिक कर्मचारी र नेपाली सेनालाई आवश्यक तालिम प्रदान गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार अनुगमन कार्यलाई अझ प्रभावकारी बनाउन बाँके निकुञ्जको जंगलमा १२० स्थानमा स्वचालित क्यामेरा राखेर अनुगमन गरिनेछ ।
बाँकेको खडकबारस्थित हात्तीसार क्षेत्रमा वनदेवीको पूजा गरी अनुगमन औपचारिक रुपमा सुरु गरिएको छ । डिआइ परियोजना अन्तर्गत जेडएसएल र एनटीएनसीले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग सहकार्य गरी अनुगमन कार्यलाई अघि बढाएको जनाइएको छ । अनुगमनका लागि खटिएका २० जना प्राविधिक कर्मचारीहरूले ८० दिनसम्म जंगलमै बसेर काम गर्ने बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ।
पछिल्लो समयमा आएर दुबै निकुञ्जको नजिक रहेका बस्तीहरुमा छिरेर बाघले सर्वसाधारणलाई आक्रमण गर्ने र वन्यजन्तुले घर भत्काउने तथा खाद्यान्न नष्ट गर्ने कार्य बढेको स्थानीयको गुनासो छ ।
वन्यजन्तु र मानिसविचको द्धन्द बढ्दै गएकोले सो रोक्नका लागि प्रभावकारी योजना शुरु गर्न स्थानीयले पटक पटक सरकारसँग माग गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार



ट्रेन्डिङ
खबरमुकाम






