काठमाडौँ । सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरी नाचको रौनक छाएको छ । कैलाली, कञ्चनपुरमा बसोवास रहेको यो समुदायमा गाउँ गाउँमा होरी नाच देखाउँदै होरी मनाइरहेका छन् । होली पर्वको होलिका दहनपछि प्रत्येक गाउँवासीले आ–आफ्नो गाउँका भलमनसा, पध्ना, चाकर लगायतको घरमा अपराह्नतिर होरी नाचेर रमाउने चलन रहेको छ ।
होरीको समापन नहुञ्जेलसम्म हरेक दिन होरी नृत्य हुने धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका भलमनसा भज्जी रानाले बताए। उनका अनुसार रानाथारू समुदायमा होरी पर्व एक महिना आठ दिनसम्म मनाइने गरिन्छ । त्यस क्रममा एक महिनासम्म जिन्दा होरी र होलिका दहनपछि मरी होरी गरेर दुई प्रकारले होरी पर्व मनाइन्छ ।
जिन्दा होरीमा राति र मरी होरीमा मौलिक भेषभूषामा सजेर अपराह्नदेखि साँझसम्म होरी नाच देखाउने चलन रहेको छ । मरी होरीको आठौं दिनमा खख्डेहरा फुटाएर पुरुषले होरी समापन गर्ने गरेको भलमनसा चौधरीले बताए । “हामी पुरुषले खख्डेहरा फुटाएर होरीको समापन गर्ने गरे पनि महिलाले चैतको चराइँमामात्रै होरी समापन गर्छन्”, उनले भने ।
होरी नाच ढोलको तालमा महिलापुरुषले तालमा ताल मिलाएर नाच्ने एक प्रकारको मौलिक नृत्य हो । यो नाच बुढापाकादेखि लिएर अधबैसे, तन्नेरी, जवान, बालबालिका मिलेर सामूहिक रूपमा नाच्ने गरेको धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले बताए। “यसले नयाँ पुस्तामा संस्कृति हस्तान्तरणमा सहयोग पुगेछ”, उनले भने ।
होरी नाचको रौनकले अहिले रानाथारू बस्ती होरीमय बनेको छ । वृद्धवृद्धादेखि बालबालिकासम्म यो नाचमा रमाइरहेका छन् । रानाथारु होरी माघ पूर्णिमादेखि सुरु हुने गरेको भलमनसा रानाले बताए । फागुन पूर्णिमापछि आठ दिनसम्म मरी होरीमा रमाएर होरी पर्व समापन गर्ने गरेको उनले उल्लेख गरे ।
यसैगरी, कैलालीमा बसोवास रहेको कठरिया थारू समुदायले पनि धुमधामसँग होरी पर्व मनाइ रहेका छन् । सो समुदायले पनि रानाथारू समुदायको जस्तै होरी नाच नाच्ने चलन रहेको छ । नृत्य गर्नेहरूले लगाउने मौलिक पहिरन भने फरक फरक हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने

ट्रेन्डिङ
खबरमुकाम







