काठमाडौँ । मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्ता लक्षित “मुक्तिनाथ पकेट मनी (pocket money) बचत खाता” संचालनमा ल्याएको छ । यो बचत खाता विशेष गरी भर्खरै SEE परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई फाईदा पुग्नेछ । सो उमेर समुहका ग्राहकहरुलाई बैंकिङ्ग क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ्ग प्रोत्साहन गर्न, बचतको महत्व बझाउन र विद्युतीय कारोबारमा निहित जोखिम सम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्नेछ ।
मुक्तिनाथ पकेट मनी बचत खाता मा न्यूनतम रु ५० मौज्दात राखेर खाता खोल्नु हुने प्रत्येक ग्राहकहरुलाई बैंकले अर्धमासिक तथा मासिकरुप एकपटक निशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिम सम्बन्धी ज्ञान प्रदान गर्नेछ । यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुनजेल सम्मको लागि निः शुल्क मोबाईल बैंकिङ्क सुविधा प्राप्त गर्नेछन् ।
साथै, यो खाता खोल्दा निःशुल्क डिम्याट खाता तथा Mero Share दर्ता लगायत विभिन्न बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन । बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ ।
त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामौ रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







