वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–४ स्थित शङ्खधर साख्वाधर पार्कको उद्घाटन गरेका हुन् । मन्त्री यादवले आज एक विशेष कार्यक्रमकाबीच वीरगन्ज महानगरपालिका–४ मा निर्माण सम्पन्न भएको उक्त शङ्खधर साख्वाधर पार्कको भव्य समारोहकाबीच उद्घाटन गरेको उनको स्वकीय सचिवालयले जनाएको छ ।
समारोहमा मन्त्री यादवले शङ्खधर साख्वाधरजस्ता राष्ट्रसेवकको योगदान सम्झन लायक भएको उल्लेख गर्दै यस्ता सार्वजनिक स्थलले समाजमा ऐतिहासिक चेतना जगाउने बताए।
उक्त पार्क आजैदेखि विधिवत रूपमा सर्वसाधारणका लागि सञ्चालनमा आएको एवं हरियाली, विश्राम स्थल र सांस्कृतिक सौन्दर्यले सजिएको यो पार्क वीरगञ्ज महानगरवासीका लागि नवीन श्वास र सामुदायिक मेलमिलापको थलो बन्ने मन्त्री यादवले विश्वास व्यक्त गरे ।
पार्क उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेमान सिंह, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
वीरगन्जमा यस किसिमको सुन्दर र व्यवस्थित पार्कले शहरको सौन्दर्य र पर्यावरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






