काठमाडाै । प्रभु बैक लिमिटेड र छिमेक लधुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । प्रभु बैक लिमिटेडको ९,८८२ कित्ता सेयर र छिमेक लधुवित्त वित्तिय संस्थाको २,४४,४८० कित्ता शेयर बिक्रीका लागी आज बाट सिलबन्दी बोलपत्र खुला गरेको हो । कम्पनीले बोलकबोल माध्यम बाट प्रभु बैक लिमिटेडको शेयरको न्यूनतम मूल्य प्रति कित्ता रु १०० र छिमेक लधुवित्त वित्तिय संस्थाको लागि शेयरको न्यूनतम मूल्य प्रति कित्ता रु ३९० तोकेको छ ।
शेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैक लिमिटेडको न्यूनतम १,००० कित्ताको लागि र छिमेक लधुवित्त वित्तिय संस्थाको लागि न्यूनतम ५०,००० कित्ताको लागि आवेदन दिनुपर्ने छ ।
आवेदन आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिने छ । शेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघरसंस्था ,कम्पनी भएमा दर्ता प्रमाणपत्र , कर चुक्ता प्रमाणपत्र, शेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





