
यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेशनले यसबारे जानकारी दिएको हो ।
फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलका अनुसार ४७ वर्षीय शेर्पा ४७ वर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् ।
पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका– ४ खुम्जुङ्ग गाउँका बासिन्दा हुन् । शेर्पाले करिव १५ वर्षसम्म नेपाल पर्वतारोहण संघको नेतृत्व गरेका थिए ।
शेर्पालाई असार १४ गते जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा १ लाख रुपियाँ नगदसहित सम्मान गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय; काठमाडौं शाखा
- जेनजी आन्दोलनमाथि भएको दमनप्रति नेसनल प्याब्सनको आक्रोश, सहादत प्राप्त विद्यार्थीलाई श्रद्धाञ्जली
- एनआईसी एशिया बैंकका ग्राहक महानुभावलाई उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध
- केन्द्रीय कार्य सम्पादन समितिको बैठक सम्बन्धमा
- थःने या (माथिल्लो टोलको जात्रा)
- सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य
- महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
- दसैंमा नाचिने सख्या नाच थारू बस्तिमा सुरू