काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत, काठमाडौँको गुह्येश्वरीस्थित बाल सारथी एकेडेमीका विद्यार्थीलाई कापी, पेन्सिल लगायत स्टेसनरी सामग्री वितरण गरिएको हो । एकेडेमीमा आयोजित कार्यक्रममा यस सांग्रिला डेभलपमेन्ट बैंकका मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले विद्यार्थीहरूलाई स्टेशनरी सामग्री प्रदान गरे ।
एकेडेमीमा आर्थिक रुपमा विपन्न तथा परिवारबाट टाढा रहेका बालबालिकालाई अध्ययन अध्यापन गराइरहेको एकेडेमीका अध्यक्ष डा. माला खरेलले जानकारी दिए । यो सहयोगले विद्यार्थीहरूको पठनपाठन अघि बढाउन सहज भएको भन्दै अध्यक्ष डा. खरेलले सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद ज्ञापन गरे ।
यस साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंकले, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- जनकपुरधाममा सद्भाव र्याली, ‘हामी सबै एक हौँ’ भन्दै नाराबाजी
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी

ट्रेन्डिङ
खबरमुकाम







