काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूले लगानी गरेको ऋणसम्बन्धी सम्पत्तिको वित्तीय गुणस्तर परीक्षण (Asset Quality Review – AQR) गर्न बंगलादेशको प्रतिष्ठित कम्पनी हवलदार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई परामर्शदाता नियुक्त गर्ने भएको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३८(२) बमोजिम प्राविधिक र वित्तीय मूल्यांकनको आधारमा यो कम्पनीलाई छनोट गरिएको हो।
करबाहेक ६२ लाख ५४ हजार रुपैयाँको लागतमा सेवा दिने गरी छनोट गरिएको हवलदार युनुस कम्पनी बंगलादेशमा मुख्यालय रहेको, झण्डै पाँच दशक पुरानो संस्था हो। कम्पनीले यसअघि बंगलादेश, भारत तथा अन्य दक्षिण एशियाली मुलुकका केन्द्रीय बैंक तथा वित्तीय निकायहरूलाई पनि परामर्शसेवा प्रदान गरिसकेको छ।
यो परीक्षण राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को सिफारिसमा गर्न लागेको हो। यसको मुख्य उद्देश्य वाणिज्य बैंकहरूमा देखिँदै आएका ‘एभर ग्रिनिङ’ जस्ता भ्रामक तथा भ्रामक अभ्यासहरूको पहिचान र सुधार गर्नु हो, जसले समग्र बैंकिङ प्रणालीको विश्वसनीयतामा प्रश्न उठाउने सम्भावना रहन्छ।
राष्ट्र बैंकले अघिल्लो चरणमा सार्वजनिक बोलपत्र आह्वान गर्दा छवटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीहरूले आवेदन दिएका थिए। तर, प्राविधिक मूल्यांकनबाट हवलदार युनुस मात्र योग्य ठहरिएको थियो। सो प्रक्रिया भने सर्वोच्च अदालतको अस्थायी आदेशले केही समयका लागि रोकिएको थियो। असार ९ गते उक्त आदेश फिर्ता भएपछि राष्ट्र बैंकले बाँकी प्रक्रिया अघि बढाएको हो।
यो पहलले नेपालको बैंकिङ क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






