काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स क. लि. ले २०८२ जेष्ठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि भैरहवाको होटल सिद्धार्थ भिलासामा नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्रीज्यूले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको सो कार्यक्रममा विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३५० जनाको उपस्थिती रहेको थियो ।
1.jpg)
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई स्ट्रेस म्यानेजमेण्ट सम्वन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो । प्रशिक्षणका क्रममा चर्चित प्रशिक्षक रामहरी पौडेलज्यूले तनाव व्यवस्थापन गर्ने विभिन्न आयामहरु प्रस्तुत गर्नु भएको थियो भने सो पश्चात् मनोरञ्जनात्मक एवं सांगितिक प्रस्तुतीले भरिपूर्ण गाला कन्सर्टमा स्ट्याण्ड अप कमेडीयन सुमन कोईरालाको कमेडी प्रस्तुती सहित नेपालका चर्चित कलाकारहरु प्रकाश सपुत, समिक्षा अधिकारी बावुल गिरी र भोजपुरी गायक सोनु कुमार मण्डलको बेजोड सांगितिक प्रस्तुती रहेको थियो । यसै गरी चर्चित डि.जे. डिजे अमुको प्रस्तुतीमा अभिकर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
भव्य रुपमा आयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्यूले अभिकर्ताहरुको माग तथा चाहानालाई मध्येनजर गर्दै गत साल भव्य रुपमा सफल भएको गाला कन्र्सटलाइ निरन्तरता दिएको र यस योजनालाई देशै भरीका अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पनि बताए।
 (1)7.jpg)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






