काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको अवसरमा डिजिटल सेवा प्रवर्द्धन र ग्राहक मैत्री सेवा प्रदान गर्ने प्रतिवद्धतालाई निरन्तरता दिंदै Interbank Teller QR Payment सेवा संचालनमा ल्याएको छ। यस डिजिटल सेवाको माध्यमबाट अब ज्योति विकास बैंकमा खाता नभएका नागरिकहरुले पनि आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ्ग एपको प्रयोगबाट ज्योति विकास बैंकको जुनसुकै शाखामा गई नगद निकाल्न सक्नेछन्। ज्योति विकास बैंकको शाखाहरुमा रहेको तोकिएको QR लाई Scan गरी नगद निकाल्न पाइने यस सुविधाले आम नागरिकहरुलाई थप सहजता हुने विश्वास बैंकले बोकेको छ।
यो सेवा उपयोग गर्न, सेवाग्राहीको नेपालभित्रको जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता तथा सो खातासँग सम्बन्धित मोबाइल बैंकिङ्ग सुविधा सक्रिय रहेको हुनुपर्छ। ज्योति विकास बैंकमै खाता हुनुपर्छ भन्ने छैन। यस भुक्तानी सेवा प्रयोग गर्नलाई ग्राहकले आफ्नो वैध परिचयपत्र अनिवार्य रुपमा प्रस्तुत गर्नुपर्छ। ATM अथवा आफ्नो सम्बन्धित बैंकको शाखा पायक नपरेको अवस्थामा ज्योति विकास बैंकमा खाता नभएता पनि यो सुविधा उपलब्ध हुने छ। ज्योति विकास बैंकले डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकको सुविधा, पहुँच र सन्तुष्टिमा केन्द्रित रही आधुनिक बैंकिङ्गको दिशामा सार्थक कदम अघि बढाउने उद्देश्यपूर्ति स्वरुप यो सेवा पनि थप गरेको हो। भविष्यमा अझ प्रभावकारी र नविनतम समाधानमार्फत ग्राहक सेवालाई थप सशक्त बनाउँदै लैजाने बैंकको दिगो प्रतिबद्धता रहेको छ।
बैंकले हालैमात्र सूचना सुरक्षा व्यवस्थापन प्रणाली (ISMS) द्वारा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था INTERCERT ले प्रदान गरेको यो प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि एक प्रसिद्ध अन्तर्राष्ट्रिय सर्टिफिकेसन हो। INTERCERT ले यस विकास बैंकको सूचना सुरक्षा उपायहरुलाई प्राविधिक रुपमा बलियो, समसामयिक र जोखिम व्यवस्थित रहेको ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो।
बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित वित्तीय पहुँच प्रदान गर्ने अनलाइन र मोबाइल बैंकिङ्ग प्लेटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको छ। बैंकले विकास बैंकहरूमा पहिलोपटक Voice Audio Box QR सेवा सुचारु गरी QR मर्चेन्टहरूको सहजता सुनिश्चित गरेको छ। यसै गरी, डिजिटल बैंकिङ्ग र नगद रहित कारोबार प्रवर्द्धन गर्दै क्रस-बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ। Jyoti Smart App मार्फत ATM बाट पैसा झिक्न सकिने Cardless Cash Withdrawal सेवा, चेक बिना नै काउन्टरमा भएको QR कोड स्क्यान गरी रकम झिक्न सकिने Scan & Withdraw सेवा, अनलाइनबाटै खाता खोल्न र सुचारु गर्न Video KYC सुविधा लगायत थुप्रै आधुनिक बैंकिङ्ग सेवाहरू बैंकले उपलब्ध गराउँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






