काठमाडौं । आयकरको अव्यवहारिक व्यवस्थाले गर्दा नभएको नाफामा पनि कर तिर्नुपर्दा कुमारी बैंकको सञ्चालन नाफा उल्लेख्य बढे पनि खुद नाफामा भने न्युन देखिएको छ । आयकर ऐनको दफा ५९ को अव्यवहारिक व्यवस्थाले गर्दा सञ्चित नोक्सानीमा भएको कुमारी बैंकले पछिल्लो २ आर्थिक वर्ष देखि हुँदै नभएको नाफामा कर तिर्नु परेको छ । कुमारी बैंकको कर्जा रिकभकरीमा सुधार भएसँगै गत आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब १३ करोड ४५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै निष्कृय कर्जा बढ्दै जाँदा बैंकले ऋण राइटअफ गर्दा गैर सञ्चालन खर्च ४२ करोड भन्दा बढी देखिएको छ । यस आधारमा कर अघिको नाफा ५ अर्ब ७८ करोड १४ लाख पुगेको छ । तर, आयकर ऐनको दफा ५९(१क) मा रहेको अव्यवहारिक व्यवस्थाले गर्दा बैंकको गत आर्थिक वर्षको नाफा भने २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ मात्रै भएको छ । बैंक तथा वित्तीय संस्थाले सञ्चालन नाफाको ३० प्रतिशत मात्रै आयकर तिर्नुपर्ने हो । तर, आयकर ऐनको दफा ५९(१क) मा बैंकहरुले लगानीमा रहेको कर्जा र गैर बैंकिङ सम्पत्ति वापत व्यवस्था गरिएको रकमको ५ प्रतिशतसम्मको रकमलाई मात्रै खर्च लेखांकन गर्न पाइने व्यवस्था छ ।
बैंकको निष्कृय कर्जा निरन्तर बढेर प्रोभिजन कर्जाको ५ प्रतिशतभन्दा नाघेको अवस्था छ । करिब ३ खर्बको लगानी रहेको बैंकको त्यसको ५ प्रतिशत अर्थात् १५ अर्ब भन्दा बढीको कर्जा नोक्सानी व्यवस्थालाई खर्च लेखांकन गर्न नपाइने भएकोले बैंकले आयकर बढी तिर्नुपरेको छ । तर, बैंकको कुल प्रोभिजन भने करिब २५ अर्ब पुगेको छ । गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षमा गरेको करिब १० अर्बको कर्जा नोक्सानी व्यवस्थामा आयकर तिर्नुपरेको हो । गत आर्थिक वर्षमा कर अघिको नाफा ५ अर्ब ७८ करोड १४ लाखको ३० प्रतिशत आयकर तिर्नुपर्नेमा सोही व्यवस्थाका कारण कुमारी बैंकले ३ अर्ब ६६ करोड ५० लाख रुपैयाँ आयकर तिरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि बैंकले कर अघिको नाफा ९९ करोड ९० लाख मात्रै हुँदा पनि ९९ करोड ९९ करोड ४४ लाख रुपैयाँ आयकर तिरेको छ । बैंकको कर्जा रिकभरीमा सुधार भएर कर्जा नोक्सानी व्यवस्था घट्दै जाँदा अघिल्लो २ आर्थिक वर्षमा नाफाभन्दा बढीको आयकर तिरेकोले उक्त कर समायोजन हुँदै जाँदा गत आर्थिक वर्षमा सञ्चित नोक्सानीमा भएपनि चालु आर्थिक वर्षमा रिकभरीमा सामान्य सुधार हुँदा पनि बैंकले लाभांश वितरण गर्नसक्छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आम्दानी बढाएको छ भनेर सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम पनि गत आर्थिक वर्षमा घटेको छ । जसको कारण बैंकको सञ्चालन नाफा र नाफा पनि उल्लेख्य बढेको हो । व्यवसाय बढाउन नसक्दा पनि बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोर पुग्दा खुद फि तथा कमिसन आम्दानी २७.४४ प्रतिशतले बढेर २ अर्ब ६७ करोड पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी १३ अर्ब ६७ करोडबाट बढेर १५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
यता कर्जा नोक्सानी व्यवस्थाको प्रोभिजन अघिल्लो आर्थिक वर्षको तुलनमा घटेको छ । अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ८४ करोड कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएकोमा गत आर्थिक वर्षमा बैंकले २ अर्ब २ अर्ब ७९ करोड ६२ लाख रुपैयाँ मात्रै छुट्याएको छ । यसले बैंकको सञ्चालन नाफासँगै खुद नाफा पनि उल्लेख्य बढेको हो । बैंकले गत असार मसान्तसम्म २ खर्ब ६० अर्ब ९५ करोड कर्जा लगानी र ३ खर्ब ६४ अर्ब ६४ करोड निक्षेप संकलन गरेको छ । २६ अर्ब २२ करोड ५९ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको सञ्चित नोक्सानी ५ अर्ब ३७ करोडबाट घटेर २ अर्ब ७९ करोड रुपैयाँमा झरेको छ । नाफामा सुधार हुँदा बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७ पैसा पुगेको छ ।
ब्यक्यौता ब्याज असुलीले घट्यो सञ्चित घाटा
बैंकले एक आर्थिक वर्षम नै साढे २ अर्बभन्दा बढीले सञ्चित घाटा कम गरेको छ । २०८१ असारमा ५ अर्ब ३६ करोड पुगेको सञ्चित घाटा घटेर २ अर्ब ७९ करोडमा झरेको छ । नाफामा उल्लेख्य सुधार र २ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी बक्यौता ब्याज असुली गरी नियामकिय जगेडाबाट सञ्चित कोषमा फिर्ता हुँदा बैंकको सञ्चित घाटा घटेको हो । बैंकले गत आर्थिक वर्षमा मात्रै हेर्न हो भने २ अर्ब ५७ करोड वितरणयोग्य नाफा कमाएको छ । तर, अघिल्लो वर्षको सचित घाटाले गर्दा लाभांश वितरण गर्न पाउने अवस्था छैन । बैंकले गैर बैंकिङ सम्पत्ति बुक गर्दा ३१ करोडभन्दा बढी नियामकिय जगेडामा ट्रान्सफर गरेको छ । असारमा सञ्चित नाफा घटेसँगै बैंकको प्राथमिक पुँजीकोष नै ८.९४ प्रतिशत र पुँजीकोष अनुपात १२.९८ प्रतिशत पुगेको छ । यस्तै निष्कृय कर्जा ६.४२ प्रतिशत र खुद निष्कृय कर्जा ०.६७ प्रतिशत छ । बैंकको आधार दर घटेर ६.४४ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात २७.२३ गुणा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता

ट्रेन्डिङ
खबरमुकाम







