काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अछामको बयालपाटा अस्पताललाई एक थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरेको छ । बयालपाटा अस्पतालमा आयोजित एक समारोहमा सांग्रिला डेभलपमेन्ट वैंक साँफेबगर शाखाका शाखा प्रवन्धक अनुपम महराले अस्पतालका निर्देशक डा। मन्दिप पाठकलाई ‘अक्सिजन कन्सन्ट्रेटर’हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा अस्पतालका निर्देशक डा. पाठकले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको बयालपाटा अस्पतालमा विरामीको उपचारका लागि अक्सिजन ब्यवस्थापन गर्न सहज हुने बताए । ५० बेडको यस अस्पतालमा दैनिक दुई सयदेखि दुई सय पचास जनासम्म र बार्षिक ७० देखि ८० हजारसम्म विरामीले उपचार सेवा लिने गरेको निर्देशक डा. पाठकले बताए ।
सांग्रिला डेभलपमेन्ट बैंंकले आ.व. ०८० र ८१ को सामाजिक संस्थागत उत्तरदायित्व (सीएसआर) अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र र रोल्पाको सुनिल स्मृती गाउँपालिका–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइसकेको छ ।
आम नागरिकको विश्वास र भरोसाका कारण यस सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता

ट्रेन्डिङ
खबरमुकाम







