दाङको प्रशिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा करोड दिन प्रज्ज्वलन गरिने भएको छ । यही साउन १ गतेदेखि सुरु भएको शिवपुुराण एवम् श्रृङ्गारिक महाआरतीको औपचारिक समापन हुने अघिल्लो दिन शुक्रबार भक्तजन र मन्दिरको तर्फबाट एक करोड दिप प्रज्ज्वलन गर्न थालिएको हो ।
आज अपराह्न ४ बजेदेखि विधिपूर्वक सामूहिक लक्ष्यवर्तिका गरी बेलुकी ६ः३० बजे विश्वकै अग्लो त्रिशुल परिसरमा दिप प्रज्ज्वलन गर्ने कार्यक्रम तय गरिएकाले सबै भक्तजनहरुमा उपस्थितिका लागि आह्वान गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले एक विज्ञप्ति जारी गर्दै मन्दिरले तेस्रो वर्ष आयोजना गरेको शिवपुराण तथा श्रृङ्गारिक महाआरतीअन्तर्गत हुने एक करोड दिप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुन सकै भक्तजनलाई अनुरोध गरेका छन् ।
एक करोड दिप प्रज्ज्वलनपछि श्रृङ्गारिक महाआरती, विभिन्न साँस्कृतिक झाँकी लगायतका कार्यक्रम रहेको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






