काठमाडौं । सौरमासअनुसार साउनको अन्तिम सोमबार भगवान् पशुपतिनाथलाई जल चढाउन भक्तजन सुन्दरीजलमा जम्मा भएका छन् ।
हरेक वर्ष साउन महिनाका सोमबार भक्तजन सुन्दरीजलस्थित बागमती नदीमा स्नान गरी शुद्ध कपडा लगाएर पवित्र जल बोकी पशुपतिनाथ मन्दिर पुग्ने गर्छन् । यस वर्षको बोलबम यात्रा बोलबम काँरिया संघ, सनातन युवा मञ्च नेपाललगायत संस्थाले आयोजना गरेका हुन् ।
भक्तजन आइतबार राति नै सुन्दरीजल पुगेर स्नान तथा नित्यकर्मपछि जल लिएर बसेका छन् । प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीनविक्रम थापाका अनुसार बोलबम यात्रामा १० हजारभन्दा बढी भक्तजन सहभागी भएका छन् ।
भक्तजनले राति १२ बजेसम्म भजनकीर्तन गरेपछि स्नान गरी खाली गोडा सुन्दरीजलबाट पशुपतिनाथसम्म यात्रा गर्नेछन् । त्यसपछि पशुपतिनाथ मन्दिरमा पुगेर भगवान् शिवलाई जल चढाउने परम्परा छ ।
बोलबम यात्रीका लागि पशुपतिनाथ मन्दिरको उत्तर ढोकाबाट जल चढाउने व्यवस्था गरिएको छ । भक्तजनले बासुकी हुँदै उत्तर ढोकाबाट जल चढाउन सक्ने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले जानकारी दिएका छन् ।
साउनको सोमबार पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई सहज बनाउन बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन र रवि लामिछानेबीच बालुवाटारमा ४५ मिनेट भेटवार्ता
- प्रतिनिधिसभाको बैठक आज, चार विधेयक प्रस्तुत हुँदै
- साउनको अन्तिम सोमबार बोलबम यात्राका लागि सुन्दरीजलमा भक्तजनको भीड
- आजको मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
- कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

ट्रेन्डिङ
खबरमुकाम







