सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोलेकी बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरिएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको पोखरास्थित तालचोक शाखामा खाता खोलेकी सृष्टि त्रिपाठीका दाजु (खाता खोल्दा उनले संरक्षक राखेका व्यक्ति) सागर त्रिपाठीको दुर्घटनामा परी मृत्यु भएपछि बिमा बापतको रकम उपलब्ध गराइएको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकको तालचोक शाखाका प्रवन्धक राजीव पौडेलले सृष्टि र उनकी आमा शिला त्रिपाठीलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम सृष्टि त्रिपाठी १८ बर्ष पुगेपछि उनले झिक्न पाउने गरी अहिले मुद्दती खातामा जम्मा गरिएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोल्ने व्यक्तिका संरक्षकको निधन भएमा बैंकले बिमा बापत तीन लाख रुपैयाँ उपलब्ध गराइने प्रावधान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






