काठमाडौं । नामीले नाडा अटो शो २०२५ मा बहुप्रतीक्षित नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरि एउटा नयाँ कोसेढुङ्गा स्थापित गरेको छ। नामी ०१ को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधाहरू,अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाई पुनस् परिभाषित गर्न तयार छ।
नामी भिगो स्टाइल, व्यावहारिकता र विद्युतीय दक्षताको उत्तम समिश्रणका साथ आधुनिक शहरी जीवनशैलीको लागि उपयुक्त हुनेगरी डिजाइन गरिएको छ। यो E2 र E2+ गरी दुई भेरियन्टमा उपलब्ध छ, जसमध्ये प्रत्येकलाई उत्कृष्ट भ्यालु प्रदान गर्नका लागि विशेष रूपमा तयार पारिएको छ।
नामी भिगो सेग्मेन्ट फर्स्ट फिचरहरूका साथमा आउँछ जसले आराम र सुविधा दुवैलाई नयाँ स्तरमा पुर्याएको छ। यसमा मौलिक “हेभन एण्ड अर्थ” टेलगेटका साथै तपाईंको प्राथमिकता अनुसार समायोजन हुने वेलकम र मेमोरी सीट समावेश छ। डुअर प्यानलमा म्युजिक सिंक गरिएको एम्बियन्ट लाइटिङ छ, जसले प्रत्येक यात्रालाई आधुनिक र रमाइलो बनाउँछ।
चार्जिङको लागि यसले 3C फास्ट चार्जिङ (१६७ DC) सपोर्ट गर्छ, जसले ३०५ बाट ८०५ चार्ज गर्न जम्मा १८ मिनेट मात्र लगाउँछ। हरेक यात्रालाई रमाइलो बनाउन र आउटडुअर फनका लागि यसमा एक्सटेरियर स्पिकरको सुविधा पनि उपलब्ध छ।
त्यस्तै, नामी ०६ ले प्रविधि र लक्जरीमा पनि उत्कृष्ट सेगमेन्ट फर्स्ट सुविधाहरू प्रस्तुत गर्छ। यसमा लेभल 2 ADAS, वायरलेस चार्जिङ, वाईफाई कनेक्टिभिटी र ड्राइभर साइडमा हिटेड र भेन्टिलेटेड सिट छ। कारले तपाईंलाई वेलकम साउण्डले स्वागत गर्छ र R18 टायर, अटोमेटिक हाई र लो बीम हेडलाइट र हेडलाइट डिले–अफ फिचरहरूले सहज यात्रा सुनिश्चित गर्छ।
यसमा इन्टेलिजेन्ट एसी प्रणाली पनि छ, जसमा एनअभी, रेस्ट, स्नो जस्ता मोडहरू र कार तथा मोबाइल संचालनका लागि भ्वाइस कन्ट्रोल उपलब्ध छन्। अडाप्टिभ क्रुज कन्ट्रोल र ३५ भन्दा बढी इन्टेलिजेन्ट युटिलिटी स्पेसहरूसहित नामी भिगो स्मार्ट, सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न डिजाइन गरिएको हो।
नामी भिगोको डिजाइन आकर्षक छ, जसमा “म्याजिक क्युब” एक्सटेरियर, Tआकारका एलईडी हेडलाइट, ट्राइएंगुलर पिक्सेल टेललाइट र डुअल–टोन १८ इन्च रिम्स छन्। इन्टेरियर पनि उत्कृष्ट छ, जसमा मिनिमलिस्ट र स्मार्ट केबिन, १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र ८.८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, लाई-फ्ल्याट सिटिङ, वायरलेस चार्जिंग, एउटा मुनरुफ (E2+) र एउटा घटण्ड्ढ क्यामरा समावेश छन्।
नामी भिगो E2 भेरियन्टको लन्च मूल्य रु. ३८,९९,००० र E2+ भेरियन्टको लागि रु. ४१,९९,००० रहेको छ।
नाडा अटो शोका लागि विशेष अफरमा, नामीले विशेष लन्च मूल्य प्रदान गरिरहेको छ। शोको अवधिमा, नामी भिगो E2 भेरियन्ट रु. ३७,९९,००० मा र E2+ भेरियन्ट रु. ४०,९९,००० मा उपलब्ध हुनेछ।
नाडा अटो शो २०२५ का आगन्तुकहरूलाई नामी भिगोको प्रत्यक्ष अनुभव गर्न र नेपालको विद्युतीय गतिशीलता क्रान्तिको अर्को कदमको साक्षी बन्न आमन्त्रण गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुन र चाँदीकै मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
- सरकारले एकसाथ हुत्याउन लागेका नियुक्ति के–केमा छन् ?
- अध्यादेशको कारण दबाबमा राष्ट्रपति, आज कानुनविद्हरुसँग परामर्श
- आज कुन देशको मुद्रा कति छ ? यस्तो छ विनिमयदर
- रास्वपा संसदीय दलको बैठकमा रविको १२ बुँदे निर्देशनः के के छन् ती १२ बुँदामा ?
- पोर्चुगलमा विशेष कार्यक्रमका साथ २५७० औँ बुद्घजयन्ती मनाइँदै
- आज यी स्थानमा वर्षा हुरीको सम्भावनाः मौसम विभागले गर्यो सचेत रहन आग्रह
- सरकारले ल्याउने ६ अध्यादेश स्वार्थ समूहका लागि नभई नागरिकका लागि होः असीम साह


ट्रेन्डिङ
खबरमुकाम







