काठमाडौं, नेपाल – २५ सेप्टेम्बर २०२५ – दशैं नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना ग्राहकहरूलाई खुसी बनाउने उद्देश्यले आफ्ना चर्चित मोडेलहरू फोटोन ईभी भ्यान र फोटोन TM1 मा लिमिटेड टाइम स्पेसल अफर ल्याएको छ। यसले नेपालीहरूको महान चाडको बेलामा गाडी लिन अझ सजिलो, लाभदायक र रमाइलो बनाउनेछ।
यो दशैंमा फोटोनले ईभी भ्यान स्किम मार्फत उत्सवलाई अझै विशेष बनाउँदैछ। ईभी भ्यान बुक गर्ने ग्राहकहरूले यामाहा बाइक, ५५” स्मार्ट टिभी, वाशिङ मेसिन र फ्रिज जस्ता आकर्षक उपहार पाउनेछन्। त्यसमा थप, हरेक बुकिङमा स्योरशट ग्याजेट सामसुंग मोबाइल A07 (6+128GB) उपहारको रूपमा दिइनेछ, जसले यो उत्सवमा फोटोन परिवारमा जोडिन अझ सजिलो र फाइदाजनक बनाउने छ।
यो उपहारसँगै यस अफरमा १ वर्षको फुल इन्स्युरेन्स (अटो प्लस) र क्यासलेस इन्सुरेन्स समावेश छन्। फोटोनले ग्राहकहरूको सहजताका लागि थप सुविधा स्वरूप ५ पटकसम्म निः शुल्क सर्भिसिंग र फ्रन्ट ब्रेक प्याडको सेट पनि निः शुल्क उपलब्ध हुनेछ। र, ग्राहकहरूका लागि अन्तिम बोनस स्वरूप, पूरा आर्थिक वर्षको रोड ट्याक्स पनि कम्पनीले नै व्यहोर्नेछ।फोटोन TM1 दशैं स्किममा पनि आकर्षक अफरहरू छन्। TM1 अब दशैं विशेष मूल्य रु. २६,९९,००० ९रु. ६,७५,००० छुटपछि० मा उपलब्ध हुनेछ। साथै, हरेक खरिदकर्ताले स्योरशट बुकिङ उपहार पाउनेछन्।
सुरक्षा र निश्चिन्तताको लागि यस स्किममा १ वर्षको सम्पूर्ण सवारी बीमा र क्यासलेस बीमा निस्शुल्क दिइनेछ। त्यसैगरी, पूरा आर्थिक वर्षको रोड ट्याक्स पनि कम्पनीले नै भर्ने भएकाले यो अफर अझै सजिलो र लाभदायक बनेको छ।
यी अफर मार्फत फोटोन नेपालले केवल गाडी मात्र होइन, भ्याल्यु, केयर र इको- फ्रेन्डली मोबिलिटी पनि उपहार दिनेछ। ईभी भ्यान र TM1 दुवै कम्फर्ट, इफिसियन्सी र रिलायबिलिटीका लागि बनेका गाडीहरू हुन्, जसमा अब दशैं- तिहार बोनस पनि थपिएको छ।
फोटोनले सबैलाई नजिकको शोरुममा आउन, आएर यी चाडपर्व विशेष स्किमहरू हेर्न र यस उत्सवलाई नयाँ फोटोन गाडी लिएर अझै रमाइलो बनाउन निमन्त्रणा गर्दछ। थप जानकारीका लागि ९८०२३७५४२१ र ९८०२३४०६७१ मा सम्पर्क गर्नुहोस्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






