काठमाडौं । विश्वव्यापी प्रविधि अग्रणी कम्पनी शाओमीले आफ्नो नवीनतम स्मार्टफोन शाओमी १५टी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।यो फ्ल्यागशिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा प्रणाली राखिएको छ, जसले व्यावसायिक स्तरको फोटोग्राफी र उच्चस्तरीय प्रदर्शन दुवै प्रदान गर्छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “शाओमी १५टी शक्ति, बुद्धिमत्ता र नवप्रवर्तनको संयोजन हो। लाइकासँगको सहकार्यले हामीले प्रयोगकर्तालाई उत्कृष्ट तस्बिर गुणस्तर भएको क्यामरा प्रणाली उपलब्ध गराएका छौं। एआई प्रविधि र उच्च प्रदर्शन क्षमताको साथ यो स्मार्टफोनले नेपाली उपभोक्ताका लागि मोबाइल फोटोग्राफी र प्रयोग अनुभवमा नयाँ स्तर ल्याउनेछ।”
शाओमी १५टीमा तीनवटा लाइका क्यामरा छन् — ५०MP मुख्य क्यामरा (२३mm), ५०MP टेलिफोटो क्यामरा २X अप्टिकल जुमसहित (४६mm०, र १२MP अल्ट्रा-वाइड क्यामरा (१५mm)। ठूलो अपर्चर भएको लाइका समिलक्स लेन्सले अँध्यारोमा पनि स्पष्ट र रंगीन तस्बिर खिच्न सक्छ।
फोनको डिजाइन पातलो र आकर्षक छ। यसमा मुलायम किनार, म्याट फिनिश, र केवल ७.५ मिमि पातलो र १९४ ग्राम तौल छ, जसले लामो समय प्रयोग गर्दा पनि सजिलो अनुभव दिन्छ।
यो फोन आईपी६८ प्रमाणित भएकाले पानी र धुलोबाट सुरक्षित रहन्छ, र कोर्निङ गोरिल्ला ग्लास ७आईले स्क्र्याचबाट सुरक्षा दिन्छ।फोनमा मेडियाटेक डाइमेन्सिटी ८४००-अल्ट्रा चिपसेट (४ न्यानोमिटर), १२GB LPDDR5 र्याम, र ५१२GB UFS 4.1 स्टोरेज दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






