काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२ औं केन्द्रीय महाधिवेशन कार्यक्रम नेपालगंजमा ८०० सय भन्दा बढी कर्मचारीका बीच भब्यताका साथ पुस ११ र १२ गते सम्पन्न भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलकोले एक समारोहका बीच महाधिवेशन मूल कायक्रमको समुद्घाटन गरेका हुन् ।
संघको १२ औँ केन्द्रीय महाधिवेशन सर्वसहमत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अध्यक्षमा रबिन्द्र प्रसाद चौलागाईं , वरिष्ठ उपाध्यक्षमा कबिराज बराज, महासचिवमा ऋषिराम ज्ञवाली सहित ४१ सदस्यीय केन्द्रीय समिती निवार्चित भएको छ ।
यो महाधिवेशनले लिएको नीति र नेतृत्वले आम कर्मचारीमा उच्च मनोबल कायम गर्न कर्मचारीका साझा एजेन्डामा एकताबद्ध भई कुशलता पूर्वक सबै समस्याको समाधान गरी राष्ट्रिय वाणिज्य बैंकको श्रीवृद्धिमा जोड दिने विश्वास लिएको छ ।
आम कर्मचारीहरुले सघं माथि देखाएको ठूलो विश्वास र भरोसालाई महाधिवेशनले केवल एउटा समिती परिवर्तनको मात्र होइन संस्थाको हित र प्रगतिको लागि संघले बोकेको संकल्पको विजयको रुपमा लिएको छ । महाधिवेशनको पूर्वसंध्यामा कर्मचारीहरुले नेपालगंज नगरमा प्लेकार्ड, ब्यानर सहित प्रभातफेरी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला
- कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, महाधिवेशन र आन्तरिक विवाद मुख्य एजेन्डा
- आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति, आन्दोलन स्थगित
- इरानमाथिको आक्रमण रोकिएको ट्रम्पको दाबी
- दुई दिन धेरै भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

ट्रेन्डिङ
खबरमुकाम







