काठमाडाै । गोरखाको गोरखा दरबारस्थित गुरु गोरखानाथ मन्दिरदेखि भारतको गोरखपुरसम्मको खिचडी यात्रा मङ्गलबारबाट सुरु भएको छ । धार्मिक तथा सांस्कृतिक महìव बोकेको गोरखाको गोरखनाथदेखि ५० जनाको टोलीले भारतको गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको यात्रा सुरु गरेको हो ।
राष्ट्रिय गौ संरक्षण सङ्घ र गुरु गोरक्षनाथ फाउन्डेसनको आयोजनामा तथा गोरखा नगरपालिका र गोरखा दरबार हेरचाह अड्डाको समन्वयमा खिचडी यात्रा प्रारम्भ गरिएको हो । खिचडी यात्रामा बाजागाजा, मङ्गलधुन, स्वस्तिक वाचनसहित गोरखपुरसम्मको यात्रा सुरु गरिएको राष्ट्रिय गौ संरक्षण सङ्घ गोरखाका संयोजक होमसिंह बस्नेतले जानकारी दिनुभयो ।
गौ संरक्षण सङ्घ गोरखाका संयोजक बस्नेतले भन्नुभयो, “राष्ट्रिय एकताका प्रतीक राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणपछि खिचडी यात्राको सुरुवात गर्नुभएको थियो । देशमा राजाको बहिर्गमनपछि खिचडी यात्रा पनि रोकिएकाले २० वर्षपछि पुनः यात्रा सुरु गरिएको छ ।” अहिले फेरि सुरु गरिएको खिचडी यात्राले हराएको संस्कृतिलाई जोगाउन र गोरखाको पर्यटन प्रवर्धनमा नयाँ आयम थप्ने विश्वास लिएको उहाँको भनाइ छ । खिचडी गौ यात्रा भनेर चिनिने यो यात्रालाई यो वर्ष गोरखा नगरपालिकाले सहयोग गरेको छ । गोरखा नगरपालिकाले आफ्नो नीति तथा कार्यत्रममा खिचडी यात्रालाई समावेश गरी निरन्तरता दिँदै आएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







