काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।काठमाडौंको एलिस रिसेप्सनमा बुधबार बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा शेयरधनीहरुको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरु प्रस्तुत गरिनुका साथै आवश्यक छलफल गरिएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । स्रोत परिचालनतर्फ बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाहको क्षेत्रमा पनि २० अर्ब ८४ करोड रुपैयाँको विस्तारसँगै खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ । यसैगरी, बैंकले आफ्नो लगानीलाई ३५ अर्ब ८७ करोड रुपैयाँले बढाउँदै १ खर्ब ४२ अर्ब रुपैयाँ पुर्याएको छ । संस्थाको इक्विटितर्फ, ३४ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको कुल शेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
बैंकले हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्स्न काउन्टर एवं ६० शाखारहित बैंकिङ मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

ट्रेन्डिङ
खबरमुकाम







