काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (ACAN) मा आबद्ध चार्टर्ड एकाउण्टेडहरुलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरु प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ बीच एक सम्झौता सम्पन्न भएको छ ।
सो सम्बन्धी सम्झौता–पत्रमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका हुन्। सम्झौता पश्चात नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (ACAN) मा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरुले न्युनतम आवश्यक कागजातमा रु.७५ हजार देखि रु.५ लाख सम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी बिना धितो रु.१५ लाखसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी विकास बैंकले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (ACAN) मा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरुलाई आकर्षक व्याजदरमा घर कर्जा र सवारी साधन कर्जा समेत प्रदान गर्नेछ । हाल गरिमा विकास बैंक लिमिटेडले “अब आफ्नै घर” भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि नै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गरिरहेको छ ।
हाल, गरिमा विकास बैंक लिमिटेडको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत करिब ९ लाख ५० हजार ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला
- कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, महाधिवेशन र आन्तरिक विवाद मुख्य एजेन्डा
- आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति, आन्दोलन स्थगित
- इरानमाथिको आक्रमण रोकिएको ट्रम्पको दाबी
- दुई दिन धेरै भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

ट्रेन्डिङ
खबरमुकाम







