काठमाडौं । श्रम संस्कृति पार्टी र पूर्व माओवादी नेता सुदन किरातीबिच एकतामा सहमति भएको छ । हर्क साम्पाङ नेतृत्वको पार्टीमा किराती प्रवेश गर्ने सहमति भएसँगै आज औपचारिक घोषणा हुन लागेको हो ।
पार्टी महासचिव आरएन राईका अनुसार आज दिउँसो तीन बजे काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा हुने कार्यक्रममा किराँतीसँग एकताको घोषणा हुनेछ ।
पार्टी एकता कार्यक्रममा श्रम संस्कृति पार्टीका शीर्ष नेताहरू र किराँती पक्षधर नेता(कार्यकर्ताको उपस्थिति रहने बताइएको छ। त्यसक्रममा पार्टीको भावी कार्यदिशाबारे समेत स्पष्ट पारिने राईले बताए ।
स्रोतका अनुसार एक महिनाअघि नै श्रम संस्कृति पार्टीमा किराँतीलाई साम्पाङपछिको दोस्रो वरियतासहितको वरिष्ठ नेता र कोसीको मुख्यमन्त्री दिने सहमति भइसकेको थियो ।
तर, पछिल्लो समय सामपाङले किराँतीलाई वरिष्ठ नेता र कोसीको मुख्यमन्त्री दिन आनाकानी गरेपछि उनी कुलमान घिसिङसँगसमेत नजिकिएका थिए ।
घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र सुदन किराँतीको समूहबीच एकता प्रयोजनका लागि छलफलसमेत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






