काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेल यतिबेला चुनावी प्रचारप्रसारको केन्द्र बनेको छ । ठमेल पर्यटन विकास परिषद्को आसन्न निर्वाचनलाई लक्षित गरी उम्मेदवारहरूले सडकभरि प्रचार सामग्री र ब्यानरहरू राख्दा ठमेलको सौन्दर्य बिग्रिएको छ । अध्यक्षका उम्मेदवार रहेका प्रशय राजभण्डारी समूहले जताततै ब्यानर लगायतका प्रचार सामाग्री राख्दा त्यहाँको सौन्दर्य बिग्रिएको हो ।
यसअघि सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, भित्ते लेखन र अव्यवस्थित प्रचार सामग्री हटाउन निकै आक्रामक देखिएको काठमाडौं महानगरपालिका, ठमेलमा देखिएको यो भद्रगोलमा भने मौन देखिएको छ ।
विशेषगरी राजभण्डारी समूहले ठमेलका मुख्य सडकहरूमा व्यापक रूपमा ब्यानर र चुनावी सामग्री राखेर अभद्र प्रचार गरिरहेको छ । तर, महानगरपालिकाले यसलाई रोक्न वा हटाउन कुनै चासो नदेखाएको भन्दै स्थानीय व्यवसायी तथा घरधनीले असन्तुष्टि व्यक्त गरेका छन् ।
पर्यटनको मुख्य हब मानिने ठमेलका सडक र गल्लीहरूमा जथाभावी टाँगिएका ब्यानरले पैदलयात्री र सवारीसाधन र पर्यटकहरूलाई समेत बाधा पुर्याएको छ। महानगरले साना व्यवसायीका बोर्डहरू हटाउन जुन सक्रियता देखाउँछ, अहिले चुनावी प्रचारका नाममा भएको यो अराजकतामा किन चुप लागेको हो, एक स्थानीय व्यवसायीले प्रश्न गरे ।
व्यवसायीहरूका अनुसार निर्वाचनको नाममा सार्वजनिक सम्पत्तिको कुरुप प्रयोग हुनु र पर्यटकीय क्षेत्रको स्वच्छतामा आँच पुग्नु दुःखद पक्ष हो ।
उनीहरूले महानगरपालिकाले सबैका लागि समान नियम लागू गर्नुपर्ने र ठमेलको सौन्दर्य कायम राख्न तत्काल कदम चाल्नुपर्ने माग गरेका छन् ।
स्थानीयहरूको गुनासो छ कि, नियम सबैका लागि बराबर हुनुपर्छ। निर्वाचनको बाहानामा कसैलाई पनि सार्वजनिक स्थलमा फोहोर गर्ने वा अव्यवस्थित प्रचार गर्ने छुट हुनुहुँदैन ।
काठमाडौं महानगरपालिकाले सहरलाई क्लिन सिटी बनाउने अभियान चलाइरहेका बेला, ठमेलमा देखिएको यो दृष्यले महानगरको दोहोरो मापदण्डलाई उजागर गरेको स्थानीयहरूको आरोप छ ।
निर्वाचन प्रचारप्रसारलाई व्यवस्थित बनाउन र सार्वजनिक स्थलको मर्यादा राख्न सम्बन्धित सबै पक्षलाई सरोकारवालाहरूले ध्यानाकर्षण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सम्पत्ति छानबिन आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
- लुम्बिनी विकास बैंकले विभिन्न कार्यक्रमका साथ मनायो १९ औं बार्षिकोत्सव
- ठमेलमा महानगरको नीति विपरीत चुनावी ब्यानरको भद्रगोल
- कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्चाल चलाउन रोक
- इरान–अमेरिका तनाव चर्कियो, दुई दिनमा १४ नागरिक मारिएको इरानको दाबी
- मोरोक्कोलाई २–० ले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा
- आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
- टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक

ट्रेन्डिङ
खबरमुकाम






