अमेरिकाद्वारा इरानका दक्षिणी क्षेत्रमा थप हवाई आक्रमण, ट्रम्पको कडा चेतावनी

काठमाडौं । अमेरिकाले इरानका दक्षिणी तटीय क्षेत्रमा थप हवाई आक्रमण गरेको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्ट्रेट अफ होर्मुज आसपासका बुशेहर, चाबहार, बन्दर अब्बास, सिरिक, जास्क तथा अबु मुसा टापु क्षेत्रमा शक्तिशाली विस्फोट भएका छन् ।

प्राप्त जानकारीअनुसार आक्रमणमा कम्तीमा एकजनाको मृत्यु भएको बताइएको छ । चाबहार क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने त्यहाँका दुई बन्दरगाह र समुद्री यातायात नियन्त्रण टावर पनि क्षतिग्रस्त भएको जनाइएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले अमेरिकी सैन्य निर्देशनमा गरिएको भनिएको उक्त कारबाहीपछि दक्षिणी तटीय क्षेत्रमा लगातार विस्फोट भएको उल्लेख गरेका छन् । विशेषगरी बन्दर अब्बास र चाबहार आसपास विस्फोटका आवाज सुनिएको तथा पर्सियन खाडीमा रहेका इरानका रणनीतिक टापु र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का नौसैनिक अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरिएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानमा आगलागी र धुवाँ देखिएको भिडियो सार्वजनिक गर्दै यो कारबाही होर्मुज जलडमरूमध्यमा जहाजमाथि भएको भनिएको इरानी आक्रमणको जवाफ भएको बताएका छन् । उनले यस्ता गतिविधि दोहोरिए अमेरिकाले अझ कडा सैन्य प्रतिक्रिया दिने चेतावनीसमेत दिएका छन् ।

उता, इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले इरानी जनताले उक्साहटको जवाफ शब्दले नभई व्यवहारबाट दिने प्रतिक्रिया दिएका छन् । इरानका उप–परराष्ट्रमन्त्री काजेम गरिबाबादीले भने ट्रम्पको अभिव्यक्तिलाई शक्ति प्रदर्शन नभई असफल नीतिको स्वीकारोक्ति भएको टिप्पणी गरेका छन् ।

‘एक हाने २० गुणा बढी जवाफ दिन्छौँ’: ट्रम्प

टर्कीमा सम्पन्न नेटो शिखर सम्मेलनपछि वासिङ्टन फर्किने क्रममा राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानमाथि शक्तिशाली हवाई कारबाही गरिएको पुष्टि गरेका छन् । उनका अनुसार अमेरिका वा उसका साझेदार राष्ट्रमाथि हुने कुनै पनि आक्रमणको जवाफ २० गुणा बढी शक्तिका साथ दिइनेछ ।

ट्रम्पले होर्मुज जलडमरूमध्यमा साउदी अरेबिया र कतारका तेल ट्यांकरसहित तीन व्यापारिक जहाजमाथि इरानले गरेको भनिएको आक्रमणपछि यो सैन्य कारबाही गरिएको दाबी गरे ।

इरानसँग पूर्ण युद्धतर्फ अमेरिका अघि बढिरहेको हो भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ नदिँदै, ूयदि युद्ध भयो भने पनि अमेरिका त्यसलाई छिट्टै आफ्नो पक्षमा ल्याउन सक्षम हुनेछ,ू भन्ने धारणा व्यक्त गरे ।

उनले इरानबाट सम्झौताका लागि सम्पर्क भएको दाबी गर्दै, ‘उनीहरू वार्ताका लागि इच्छुक देखिएका छन्, तर उनीहरूले सम्झौताको पालना गर्छन् भन्नेमा अझै विश्वास गर्न सकिएको छैन,’ भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै