काठमाडौं । अमेरिकाले इरानका दक्षिणी तटीय क्षेत्रमा थप हवाई आक्रमण गरेको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्ट्रेट अफ होर्मुज आसपासका बुशेहर, चाबहार, बन्दर अब्बास, सिरिक, जास्क तथा अबु मुसा टापु क्षेत्रमा शक्तिशाली विस्फोट भएका छन् ।
प्राप्त जानकारीअनुसार आक्रमणमा कम्तीमा एकजनाको मृत्यु भएको बताइएको छ । चाबहार क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने त्यहाँका दुई बन्दरगाह र समुद्री यातायात नियन्त्रण टावर पनि क्षतिग्रस्त भएको जनाइएको छ ।
स्थानीय सञ्चारमाध्यमहरूले अमेरिकी सैन्य निर्देशनमा गरिएको भनिएको उक्त कारबाहीपछि दक्षिणी तटीय क्षेत्रमा लगातार विस्फोट भएको उल्लेख गरेका छन् । विशेषगरी बन्दर अब्बास र चाबहार आसपास विस्फोटका आवाज सुनिएको तथा पर्सियन खाडीमा रहेका इरानका रणनीतिक टापु र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का नौसैनिक अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरिएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानमा आगलागी र धुवाँ देखिएको भिडियो सार्वजनिक गर्दै यो कारबाही होर्मुज जलडमरूमध्यमा जहाजमाथि भएको भनिएको इरानी आक्रमणको जवाफ भएको बताएका छन् । उनले यस्ता गतिविधि दोहोरिए अमेरिकाले अझ कडा सैन्य प्रतिक्रिया दिने चेतावनीसमेत दिएका छन् ।
उता, इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले इरानी जनताले उक्साहटको जवाफ शब्दले नभई व्यवहारबाट दिने प्रतिक्रिया दिएका छन् । इरानका उप–परराष्ट्रमन्त्री काजेम गरिबाबादीले भने ट्रम्पको अभिव्यक्तिलाई शक्ति प्रदर्शन नभई असफल नीतिको स्वीकारोक्ति भएको टिप्पणी गरेका छन् ।
‘एक हाने २० गुणा बढी जवाफ दिन्छौँ’: ट्रम्प
टर्कीमा सम्पन्न नेटो शिखर सम्मेलनपछि वासिङ्टन फर्किने क्रममा राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानमाथि शक्तिशाली हवाई कारबाही गरिएको पुष्टि गरेका छन् । उनका अनुसार अमेरिका वा उसका साझेदार राष्ट्रमाथि हुने कुनै पनि आक्रमणको जवाफ २० गुणा बढी शक्तिका साथ दिइनेछ ।
ट्रम्पले होर्मुज जलडमरूमध्यमा साउदी अरेबिया र कतारका तेल ट्यांकरसहित तीन व्यापारिक जहाजमाथि इरानले गरेको भनिएको आक्रमणपछि यो सैन्य कारबाही गरिएको दाबी गरे ।
इरानसँग पूर्ण युद्धतर्फ अमेरिका अघि बढिरहेको हो भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ नदिँदै, ूयदि युद्ध भयो भने पनि अमेरिका त्यसलाई छिट्टै आफ्नो पक्षमा ल्याउन सक्षम हुनेछ,ू भन्ने धारणा व्यक्त गरे ।
उनले इरानबाट सम्झौताका लागि सम्पर्क भएको दाबी गर्दै, ‘उनीहरू वार्ताका लागि इच्छुक देखिएका छन्, तर उनीहरूले सम्झौताको पालना गर्छन् भन्नेमा अझै विश्वास गर्न सकिएको छैन,’ भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





