काठमाडौं । ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्मा राजुमान डङ्गोल समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । परिषद्को आगामी असार २७ गते काठमाडौँको नयाँबजारस्थित मल्टी भेन्युमा हुन लागेको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि डङ्गोल समूहले उम्मेदवारी घोषणा गरेको हो ।
ठमेल पर्यटन विकास परिषद्को एक कार्यकाल सदस्य, दुई कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष भएर काम गरि सकेका डङ्गोल त्यस क्षेत्रमा अनुभवी मानिन्छन् ।
ठमेल क्षेत्रलाई नमुना पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने मुख्य एजेण्डासहित अगाडि बढेका डङ्गोलले आफ्नो समूहको प्रथम उपाध्यक्षमा हालका उपाध्यक्ष राजीव पाण्डेलाई अगाडि सारेका छन् ।
यस्तै, द्वितीय उपाध्यक्षमा दावा तामाङ, तृतीय उपाध्यक्षमा चेतनाथ पुडासैनी (दिपक), महासचिवमा पशुपति कँडेल, सचिवमा दिलिप कँडेल र कोषाध्यक्षमा किन्चुल्हामु भुटिया श्रेष्ठले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।
महासचिवका उम्मेदवार कँडेल काठमाडौँ आगन्तुक होटल तथा अतिथी होटल तथा अर्पाटमेन्टका सञ्चालक हुन् । कोषाध्यक्षका उम्मेदवार किन्चुल्हामु भुटिया श्रेष्ठ भने अन्तर्राष्ट्रिय एयरलाइन्सको एयर होस्टेज भइसकेकी युवा नेत्री हुन् । उनले ठमेल सञ्चयकोष भवनमा पश्चिमा व्यवसाय तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएकी छन् ।
यस्तै, सदस्यमा सुरेन्द्र डङ्गोल, सानुकाजी महर्जन, बालकृष्ण खनाल, रोशन प्रधान श्रेष्ठ, विश्वमान प्रधान, लिजा मानन्धर, कृष्ण बहादुर सेढाई र चन्द्रा तामाङ उम्मेदवार हुन् ।
डङ्गोलले ठमेललाई विश्वस्तरीय पर्यटकीय गन्तव्य बनाउन आफ्नो कार्ययोजना अगाडि बढाएका छन् । उनले ठमेललाई २४ सै घण्टा सुरक्षित पर्यटन क्षेत्र बनाउन प्रभावकारी समन्वय गर्ने र सरसफाइ तथा सौन्दर्यीकरणमा विशेष जोड दिने, ठमेलको डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने, कर, नीति र व्यवसायिक समस्या समाधानका लागि सरकारका तीनै तहसँग समन्वय गर्ने, ठमेललाई सांस्कृतिक पर्यटन केन्द्र’ को रूपमा विकास गरी नेवारी कला र संस्कृतिको प्रवद्र्धन गर्ने बताए ।
यसैगरी, पर्यटकका लागि डिजिटल नक्सा, होटल र रेस्टुरेन्टको जानकारी उपलब्ध हुने प्रणाली विकास गर्ने, ‘हरित ठमेल’ अभियानमार्फत वातावरण संरक्षण र प्लास्टिक न्यूनीकरण गर्ने, परिषद्का सम्पूर्ण आर्थिक गतिविधि पारदर्शी बनाउने र उत्तरदायी नेतृत्व प्रदान गर्ने बताएका छन् ।
“मेरो नेतृत्वमा परिषद् केवल एउटा संस्था मात्र नभई सम्पूर्ण व्यवसायी र घरधनीहरूको साझा परिवार हुनेछ, हामी सामूहिक छलफल र सहकार्यका आधारमा ठमेलको प्रतिष्ठालाई नयाँ उचाइमा पुर्याउनेछौँ,”– अध्यक्षका उम्मेदवार डङ्गोलले भने ।
ठमेलका व्यवसायी र घरधनीहरूबीच डङ्गोलको उम्मेदवारीलाई अनुभवी नेतृत्वको रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ठमेल पर्यटन विकास परिषदमा राजुमान डङ्गोल समूहको उम्मेदवारी घोषणा, महासचिवमा पशुपति कँडेल
- अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा, अब स्पेनसँग भिड्ने
- जयविरको निवासमा सम्पत्ति शुद्धीकरण विभागको सूचना
- आज २५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, सतर्क रहन आग्रह
- सरकारी कार्यालय खाली गर्न ट्रेड युनियनलाई तीन दिनको अल्टिमेटम
- ५०० दिनभित्र भूमिहीन र सुकुम्वासीको समस्या समाधान गर्ने सरकारको लक्ष्य
- कांग्रेस इतर पक्षले साउन ६ मा काठमाडौंमा बृहत् कार्यक्रम गर्ने, १५औँ महाधिवेशनबारे रणनीति तय हुने
- भारतका प्रतिष्ठित शंकराचार्यको उपस्थितिमा माँ कालीको मूर्तिको प्राणप्रतिष्ठा गरिने

ट्रेन्डिङ
खबरमुकाम





.jpeg)

