चितवन । वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालन हुँदै आएको जंगल सफारी सेवा आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ । निकुञ्ज प्रशासनले पर्यटकको सुरक्षा र वन्यजन्तुको संरक्षणलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म सफारी सञ्चालन नगर्ने निर्णय गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षायाममा जंगलभित्रका कच्ची सडक बिग्रिने, खोलानालामा आकस्मिक बाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्ने भएकाले सफारी सेवा स्थगित गरिएको हो ।
उनले वर्षा याम वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननका लागि पनि संवेदनशील समय भएकाले संरक्षणका दृष्टिले समेत यो निर्णय आवश्यक रहेको बताए ।
चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष मनसुनको समयमा जंगल सफारी सेवा बन्द गर्दै आएको छ । मौसममा सुधार आएपछि, सामान्यतया दसैँ आसपासदेखि सफारी पुनः सञ्चालन गर्ने अभ्यास रहेको निकुञ्जले जनाएको छ ।
यद्यपि, निकुञ्जभित्रको सफारी बन्द भए पनि सामुदायिक वन क्षेत्रमा सञ्चालन हुने जिप सफारी भने यथावत् रहनेछ । सौराहा, कसरा, मेघौली, माडी तथा नवलपरासीका विभिन्न नाकाबाट पर्यटकहरू सामुदायिक वन क्षेत्रमा सफारीको सुविधा लिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





