नेपाल लाइफले कायम गर्‍यो नयाँ कीर्तिमान, प्रथम बीमा शुल्क १३ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २५ वर्षे गौरवमय यात्रा पूरा गर्ने क्रममा प्रथम बीमा शुल्क (एफपीआई) आर्जनमा नयाँ कीर्तिमान कायम गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२र८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क (First Premium Income–FPI) आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ इतिहास रचेको जनाएको छ ।

कम्पनीका अनुसार नेपालको जीवन बीमा क्षेत्रमा पहिलो पटक कुनै कम्पनीले प्रथम बीमा शुल्क १३ अर्ब रुपैयाँभन्दा माथि पुर्‍याएको हो । गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दै बनाएको कीर्तिमानलाई यस वर्ष अझ उचाइमा पुर्‍याउन कम्पनी सफल भएको जनाएको छ ।

यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको सफलतामा योगदान पुर्‍याउने सञ्चालक समिति, बीमित, बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।

उनले कम्पनीप्रति ग्राहकले देखाएको विश्वास, अभिकर्ता र कर्मचारीको समर्पण तथा सबै पक्षको सहकार्यका कारण यो ऐतिहासिक उपलब्धि सम्भव भएको उल्लेख गरे।

२५ वर्षदेखि जीवन बीमा क्षेत्रमा सेवा प्रदान गर्दै आएको नेपाल लाइफले आगामी दिनमा प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा विस्तार गर्ने, नवीन बीमा योजना ल्याउने, प्रभावकारी लगानी व्यवस्थापन गर्ने तथा कर्मचारी र अभिकर्ताको क्षमता अभिवृद्धिमा जोड दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

कम्पनीले ‘२५ वर्षको विश्वास, आज १३ अर्बभन्दा बढीको ऐतिहासिक उपलब्धि’ लाई आफ्ना ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी र सम्पूर्ण सरोकारवालाको साझा सफलताको रूपमा लिँदै आगामी दिनमा पनि नेपाली जीवन बीमा क्षेत्रको अग्रणी संस्थाका रूपमा उत्कृष्ट सेवा र नयाँ कीर्तिमान कायम गर्ने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै