काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता एचएच बजाजले आफ्ना ग्राहकका लागि किस्ताबन्दी (फाइनान्सिङ) सुविधालाई अझ सहज र सस्तो बनाएको छ । कम्पनीले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ किस्ता योजना अघि सारेको हो ।
नयाँ व्यवस्थाअनुसार अब बजाजका मोटरसाइकल खरिद गर्दा भुक्तानीको समय अवधि ३ वर्षबाट बढाएर अधिकतम ५ वर्ष (६० महिना) पुर्याइएको छ । साथै, यसअघि रहेको ९.९९ प्रतिशतको ब्याजदरलाई घटाएर ८.९९ प्रतिशतमा झारिएको छ । किस्ताको समयावधि थपिएपछि र ब्याजदर घटेपछि मासिक बुझाउनुपर्ने रकम (ईएमआई) मा ठूलो गिरावट आएको छ ।
कति घट्यो किस्ता ?
यो फाइनान्सिङ सुविधा प्लाटिना १०० इएसदेखि डोमिनार ४०० सम्मका सबै बजाज मोडलहरूमा लागू हुनेछ ।
प्लाटिना १०० इएसः यसअघि मासिक करिब ३,२५५ रुपैयाँ किस्ता बुझाउनुपर्नेमा अब २,१२४ रुपैयाँ मात्र तिरे पुग्छ । यसबाट ग्राहकलाई प्रतिमहिना करिब १,१३१ रुपैयाँ फाइदा हुन्छ । डोमिनार ४००ः पहिले मासिक ८,२२७ रुपैयाँ जति पर्ने किस्ता घटेर ५,३७० रुपैयाँ कायम भएको छ, जसबाट मासिक करिब २,८५७ रुपैयाँ बचत हुन्छ । यसबाहेक पल्सर सिरिजका विभिन्न मोडलहरू (१२५, एन१२५, १५), एन१५०, एन१६०, २२०एफ, २००एनएस, एन२५० र एनएस४०० जेड) मा पनि मासिक किस्ता घटाइएको छ ।
कम्पनीका अनुसार यो कुनै अल्पकालीन अफर वा छुट योजना मात्र नभई ग्राहकको आर्थिक सहजताका लागि ल्याइएको दीर्घकालीन व्यवस्था हो । मोटरसाइकलको कुल मूल्यभन्दा पनि बुझाउनुपर्ने मासिक किस्ता रकम मुख्य चासोको विषय बन्ने गरेकाले ऋणको अवधि बढाएर र ब्याजदर घटाएर ग्राहकमैत्री नीति लिइएको एचएच बजाजले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त हुलास फिनसर्भमार्फत उपलब्ध गराइने यो सुविधा देशैभरि रहेका एचएच बजाजका आधिकारिक सोरुमहरूबाट लिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





