होन्डाले एयरब्याग सेफ्टी रिकलबारे निःशुल्क सेवा अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले केही पुराना मोडलका सवारीसाधनमा प्रयोग भएका एसआरएस एयरब्याग इन्फ्लेटर मा देखिन सक्ने सम्भावित प्राविधिक जोखिमलाई समाधान गर्न निःशुल्क ‘एयरब्याग सेफ्टी रिकलब’ सेवा अभियान सञ्चालन गरेको जनाएको छ ।

कम्पनीका अनुसार सन् २००१ देखि २०१४ बीच उत्पादन भएका सिटी, सिभिक, सीआर–भी, ज्याज, इन्साइट, स्ट्रिम र एकर्ड मोडलका केही सवारीसाधन यस अभियानअन्तर्गत पर्न सक्छन् । सम्बन्धित सवारी अभियानमा परेको वा नपरेको भन्ने जानकारी होन्डाको आधिकारिक वेबसाइटमार्फत समेत जाँच गर्न सकिने व्यवस्था गरिएको छ ।

अभियानअन्तर्गत प्रभावित सवारीको एयरब्याग प्रणालीको परीक्षण तथा आवश्यक परे इन्फ्लेटर प्रतिस्थापन पूर्ण रूपमा निःशुल्क गरिने कम्पनीले जनाएको छ । यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नु नपर्ने उल्लेख गरिएको छ ।

सम्भावित जोखिमबाट बच्न तथा सुरक्षित यात्रा सुनिश्चित गर्न कम्पनीले सबै प्रभावित सवारीधनीलाई नजिकको होन्डा आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी आफ्नो गाडीको एयरब्याग परीक्षण गराउन आग्रह गरेको छ । साथै सेवा बुकिङ तथा थप जानकारीका लागि कम्पनीले उपलब्ध गराएको सम्पर्क नम्बर वा इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै