काठमाडौं । गायक तथा सर्जक विशाल रायमाझीको नयाँ गीत ‘हाइ सञ्चै’ सार्वजनिक भएको छ । विशाल रायमाझी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शक तथा श्रोताको ध्यान आकर्षित गरिरहेको छ ।
गीतमा विशाल रायमाझी र माया रायमाझीको स्वर रहेको छ । गीतको शब्द तथा संगीत विशाल रायमाझी स्वयंले सिर्जना गरेका हुन् भने संगीत संयोजन विश्वास नेपालले गरेका छन् ।
गीतको रेकर्डिङ सुमन राना र खुमान सिंह रानाले गरेका हुन् । मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन् भने रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा सम्पन्न गरिएको हो ।
गीतको भिडियोमा प्रेम, भावना र मनोरञ्जनलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । भिडियोको निर्देशन विशाल रायमाझीले गरेका छन् भने नृत्य निर्देशन अर्जुन एडीको रहेको छ ।
भिडियोमा एलिना रायमाझी, बिक्की खत्री, सुमित्रा सुनार र विशाल रायमाझीको अभिनय देख्न सकिन्छ । छायांकन प्रकाश खड्का एन्ड टिमले गरेका हुन् ।
त्यस्तै, भिडियोको सम्पादन तथा रङ संयोजन राजकुमार मगरले गरेका छन् । पोस्टर डिजाइन लक्ष्मण चौहानले तयार पारेका हुन् भने मेकअप आर्टिस्ट सङ्गीता चन्द ठकुरी रहेकी छन् । पोस्ट–प्रोडक्सनको काम राजकुमार फिल्म्सले गरेको छ ।
गीत तथा भिडियो निर्माणमा मन जीसी, सुमित भट्टराई र सुजल क्षेत्रीको विशेष सहयोग रहेको निर्माण टिमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





