जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भूकम्प पीडितका लागि एक सय ८२ वटा विभिन्न संघसंस्था र व्यक्तिहरूले राहत सामग्री दिएका छन्। जसमा ३८ हजार पाँच सय ८० वटा त्रिपाल जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी पालिकाहरूमा पठाइएको छ।
यस्तै, ३० हजार पाँच सय ५४ वटा ब्ल्याङ्केट, ११ हजार नौ सय १७ बोरा चामल, ११ हजार सात सय ६७ लिटर खाने तेल पालिकाहरूमा पठाइएको छ।
बारेकोट गाउँपालिकामा पाँच हजार पाँच सय ३१, नलगाड नगरपालिकामा चार हजार नौ सय २३, जुनीचाँदे गाउँपालिकामा चार हजार ७३, छेडागाड नगरपालिकामा तीन हजार एक सय ५१, भेरी नगरपालिकामा छ हजार पाँच सय ९९, शिवालय गाउँपालिकामा दुई हजार तीन सय १, कुशे गाउँपालिकामा चार हजार दुई सय २५ थान त्रिपाल पठाइएको छ।
ब्ल्याङ्केटमध्ये कुशे गाउँपालिकामा दुई हजार आठ सय ७०, छेडागाड नगरपालिकामा दुई हजार छ सय ५४, जुनीचाँदे गाउँपालिकामा एक हजार तीन सय ८१, नलगाड नगरपालिकामा सात हजार नौ सय ४४, बारेकोट गाउँपालिकामा तीन हजार नौ सय २२, भेरी नगरपालिकामा ८ हजार एक सय २७ र शिवालय गाउँपालिकामा एक हजार ६ थान पठाइएको छ।
प्रशासनले संकलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लाभर ३४ हजार घरधुरीमा भूकम्पले क्षति पुर्याएको छ। जसमध्ये नौ हजारभन्दा बढी घरधुरीमा आंशिक क्षति पुगेको हो। हाल संयन्त्र बनाएर अनुगमनमा परिचालन गरिएकाले क्षतिको यकिन तथ्यांक भने बिहीबारसम्म मात्रै आउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






