विराटनगर । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने तयारी छ ।
प्रदेश सभा सचिवालयका अनुसार सरकारले विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश हुन लागेको हो ।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक वर्षका लागि पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए । अध्यादेशको ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बजेटको प्रतिस्थापन विधेयक पेश नभएपछि दोस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले २४ भदौमा पुन: प्रतिस्थापन विधेयक ल्याएका थिए ।
नयाँ मुख्यमन्त्री केदार कार्कीले अध्यादेशबाट आएको बजेटभन्दा आकार बढ्ने गरी प्रतिस्थापन विधेयक पेश गर्न लागेका हुन् । विधेयकमा भौतिक पूर्वाधारको क्षेत्रमा २५ लाखभन्दा मुनिका नयाँ आयोजना नराख्ने सरकारले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





