काठमाडौँ । आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिकरुपमा बादल लागेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी र स्थानीय वायुका साथै देशको पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव छ।
आज यस्तो छ मौसम/वर्षाबारे प्रक्षेपण:
दिउँसो : कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश बादल लाग्ने साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। देशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।
राति : देशको हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्ने र र तराईमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





