काठमाडौँ । आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिकरुपमा बादल लागेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी र स्थानीय वायुका साथै देशको पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव छ।
आज यस्तो छ मौसम/वर्षाबारे प्रक्षेपण:
दिउँसो : कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश बादल लाग्ने साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। देशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।
राति : देशको हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्ने र र तराईमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

ट्रेन्डिङ
खबरमुकाम







