काठमाडौँ । महसुल नतिरेपछि लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको विद्युत लाइन काटिएको छ । महसुल नतिरेपछि दाङको देउखुरीस्थित मन्त्रालयमा मंसिर ५ गते विद्युत लाइन काटिएको हो । जडान भएको विद्युत लाइन काटिएपछि मन्त्रालय पाँच दिनदेखि विद्युतविहीन छ । हालसम्म बिजुली जडान नहुँदा मन्त्रालयको कामकाजसमेत प्रभावित भएको छ ।
रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको प्राधिकरणको लमही शाखाले जनाएको छ । कार्यालय प्रमुख युवराज रावतका अनुसार बुटवलमा रहेको मन्त्रालयको नाममा जडान भएको विद्युतको दुई लाख ७२ हजार २६४ रुपैयाँ महसुल भुक्तानी गर्न बाँकी छ । देउखुरीमा रहेको मन्त्रालयको नाममा जडान विद्युतको भने एक रुपैयाँ पनि बाँकी बक्यौता छैन ।
रकम भुक्तानी गर्ने विषयमा मन्त्रालय जिम्मेवार नभएपछि बाध्य भएर विद्युत कटौती गर्नुपरेको रावतले बताए । ‘बुटवल कार्यालयबाट पटकपटक पत्राचार भएअनुसार हामीले यहाँबाट मन्त्रालयको विद्युत काट्नुपर्यो,’ उनले भने, ‘मन्त्रालयको नाममा जडान भएको विद्युतको एक रुपैयाँ पनि बाँकी बक्यौता छैन । बुटवलको रकम नतिर्दा यहाँबाट बिजुली काट्नुपरेको हो ।’
बुटवलमा स्वास्थ्य मन्त्रालय बसेको कार्यालयमा भने गैरसरकारी संस्थाको कार्यालय छन् । यता स्वास्थ्य मन्त्रालयका सचिव डा। जनार्दन शर्माले बिना जानकारी विद्युत काटिएको बताए । ‘पत्र पठाएको २४ घण्टाभित्र बिजुली काटियो । पैसा नतिर्ने भन्ने हुन्न । महसुल भुक्तानीको लागि काम हुँदै छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





